ललितपुरमा ‘वाटर एटीएम’ सञ्चालनमा, उपत्यकाका २० स्थानमा विस्तार गरिने

काठमाडौं– ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको सञ्चालनमा ल्याइएको छ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी हुन्। उनले एटीएमबाट पानी झारेर पिएकी थिइन्। मन्त्री मगरले वाटर एटीएममार्फत् बाटोमा हिँड्ने बटुवालाई पानी पिउन सहज हुने विश्वास व्यक्त गरिन।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाका अनुसार वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गरिनेछ।

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ। २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ निर्धारण गरिएको जनाइएको छ। उक्त एटीएममा दुई रुपैयाँको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार