Wednesday, November 20, 2024

यी हुन साइकलको बढी प्रयोग गर्ने विश्वका १० देश

काठमाडौँ – पछिल्लो समय बढ्दै गएको वायु, ध्वनी तथा वातावरणीय प्रदूषण कम गर्न विश्वका विभिन्न देशहरूले चाइकलमा आवातजावत गर्ने नीति लिएका छन् । नेपालमा वातावरणीय प्रदूषण कम गर्न साइकलको प्रयोग बढ्नुपर्ने कुरा उठिरहेको अवस्थामा विश्वका विविध मुलुकहरूले यसको प्रयोग गरिसकेका छन्।

विश्वका विकसित मानिएका कतिपय राष्ट्रहरू अहिले साइकललाई प्रवद्र्धन गरिरहेका छन् त्यस मध्ये केही निम्नानुसार छन्।
नेदरल्याण्ड
नेदरल्याण्डका ९९ प्रतिशत मानिससँग आफ्नै निजी साइकल छ । र, उनीहरू छोटो दूरीका लागि साइकलको प्रयोग गर्छन्। महंगा महंगा कार तथा अन्य सवारीसाधन भएपनि उनीहरू छोटो दूरीका लागि भने साइकलको नै प्रयोग गर्छन् । १ करोड ६६ लाख ५२ हजार ८०० जनसंख्या भएको नेदरल्याण्डका १ करोड ६५ लाख ५० हजार मानिस आवतजावतका लागि साइकलको प्रयोग गर्छन्।

 डेनमार्क
डेनमार्क युरोपको विकसित राष्ट्र मध्ये एक हो । यहाँका ८०.१ प्रतिशत मानिस छोटो दूरीको यात्रा गर्दा सवारी साधनका रुपमा साइकलको प्रयोग गर्छन् । ५५ लाख ६० हजार ६ सय २८ कूल जनसंख्या भएको डेनमार्कका ४५ लाख मानिस दैनिक रुपमा साइकलको प्रयोग गर्छन् ।

 जर्मनी
जर्मनी पनि युरोपको अर्को राष्ट्र हो । ८ करोड १८ लाख २ हजार कूल जनसंख्या भएको जर्मनीका ७५.८ प्रतिशत मानिस साइकलाई दैनिक आवातजावतका लागि प्रयोग गर्छन् । उक्त देशका ६ करोड २० लाख मानिस साइकलमा आवतजावत गर्ने गर्छन् ।

स्वीडेन
९४ लाख १८ हजार ७ सय ३२ कूल जनसंख्या भएको स्वीडेनका ६३.७ प्रतिशत मानिस सहज तथा छोटो दूरीमा साइकलको प्रयोग गर्न बढी रुचाउँछन् । ६० लाख मानिसले दैनिक रुपमा साइकललाई नै आफ्नो आवतजावतको साधन बनाएको छन्।

 नर्वे
६ महिना घाम लाग्ने तथा ६ महिना कम अध्यारो हुने एकमात्र देश नर्वेका ६०.७ प्रतिशत मानिस साइकलको प्रयोग गर्न नै बढी रुचाउँछन् । ४९ लाख ४३ हजार कूल जनसंख्या भएको नर्वेका ३० लाख मानिस साइकलको प्रयोग गर्छन् ।

फिनल्याण्ड
५३ लाख ८० हजार २ सय जनसंख्या भएको फिनल्याण्डका ३२ लाख २५ हजार मानिस सवारी साधनको रुपमा साइकललाई प्रयोग गर्छन् । यहाँ कूल जनसंख्याको ६०.४ प्रतिशत मानिस साइकलको प्रयोग गर्छन।

जापान
एशियाको विकसित तथा शान्त राज्य मध्येको एक जापानका ५६.९ प्रतिशत मानिसले साइकललाई आफ्नौ दैनिक सवारी साधान बनाएका छन् । १२ करोड ७३ लाख ७० हजार कूल जनसंख्या भएको जापानका ७ करोड २५ लाख ४० हजार मानिस साइकलको प्रयोग गर्छन्।

स्वीजरल्याण्ड
७७ लाख ८२ हजार ९ सय जनसंख्या भएको स्वीजरल्याण्डका ४८.८ प्रतिशत मानिस साइकलको प्रयोग गर्छन् । यहाँका ३८ लाख मानिस दैनिक रुपमा साइकलको प्रयोग गरिरहेका छन्।

बेल्जियम
बेल्जियममा १ करोढ ८ लाख २७ हजार पाँच सय १९ कूल जनसंख्या रहेको छ । त्यसमध्ये ४८ प्रतिशत मानिस दैनिक रुपमा साइकलको प्रयोग गरी वातावरणीय प्रदूषण कम गर्न लागिपरेका छन् । यहाँका ५२ लाख मानिस साइकलको प्रयोग गर्छन् ।

चीन
एशियाको समृद्ध तथा विश्वकै सबैभन्दा धरै जनसंख्या भएको देश चीनका ३७.२ प्रतिशत मानिस साइकललाई नै आफ्नै दैनिक जीवनमा प्रयोग गरिरहेका छन् । १ अर्ब ३४ करोड ४२ लाख ७० हजार जनसंख्या भएको चीनका ५० करोड मानिस साइकललको प्रयोग गरी आवतजावत गरिरहेका छन्।

यसका साथै अमेरिका फ्रान्सलगायतका विभिन्न देशमा पनि साइकलको प्रयोग बढीरहेको छ । हालसालै मात्र पेरिसमा साइकलको प्रयोग बढाउन त्यहाँको सरकारले भाडामा चलाउन मिल्ने गरि थप १०,००० विद्युतीय साइकल सञ्चालनमा ल्याउने बताएको छ । अहिले त्यहाँ १०,००० साइकल रहेको छ अब त्यो संख्या २०,००० पुग्ने छ । सरकारको लगानीमा यति ठूलो संख्यामा विद्युतीय साइकल खरिद संसारकै ठूलो योजना हो।

आगामी सेप्टेम्बर महिनादेखि १०,००० साइकल लामो समयसम्मका लागि भाडामा दिइने छ। विशेषत: भाडामा प्रदान गर्ने यो योजनाले सर्वसाधारणलाई पछि आफैँ साइकल किन्नका लागि उत्प्रेरित गर्ने विश्वास सरकारी अधिकारीहरुको छ । एउटा राम्रो विद्युतीय साइकलको मूल्य पेरिसमा १५०० देखि २००० युरोसम्म रहेको छ। एजेन्सीको सहयोगमा
तस्बिर : एजेन्सी 

ताजा समाचार

सम्बन्धित समाचार