आठ महिनापछि फेरि उडाइयो मौसमी सूचना दिने बेलुन

काठमाडौँ–जल तथा मौसम विज्ञान विभागले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन उडाएको छ।

यसअघि ‘रेडियोसोन्ड’ बेलुन ६ असारमा उडाइएपनि हाइड्रोजन ग्यास जेनेरेटमा आएको समस्याका कारण ग्या उत्पादन नै बन्द भएपछि भदौबाट बेलुन उड्न छाडेको थियो।

तर, फेरि शुक्रबार बिहान ५ः४५ बजे बेलुन उडेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार रेडियोसोन्ड जडित बेलुन उडाएर उच्च वायुमण्डलको मौसमको मापन गर्न पुनः सुरु गरेको छ।

बेलुनले तापक्रम, वायुको चाप, वायुको दिशा, बादलको अवस्था, सापेक्षित आद्रता लगायतको अवस्थाबारे तथ्यांक संकलन गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बेलुनले संकलन गरेको मौसमी तथ्यांक स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ। ती तथ्यांकका आधारमा मौसम पूर्वनुमान गर्न सकिने विभागले जनाएको छ। विभागका अनुसार उक्त बेलुन उडाउन सेन्सरसहितको दैनिक खर्च २०० अमेरिकी डलर लाग्छ।

ताजा समाचार

सम्बन्धित समाचार