मेलम्चीको पानी विहीबार सुरुङमा

काठमाण्डौ–मेलम्ची खानेपानी आयोजनाले विहीबार सिन्धुपाल्चोकको मेलम्चीबाट सुरुङमा पानी हालेर औपचारिक रुपमा सुरुङ खन्ने काम सकिएको घोषणा गर्ने कार्यक्रम तय गरेको छ । मंगलवार साँझ सुरुङ खन्ने कार्य सकिने भन्दै अधिकारीहरुले यसलाई आयोजनाको व्रेक थ्रु संज्ञा दिएका छन् ।  

मेलम्ची देखि काठमाण्डौ सम्मको २६ किलोमिटर सुरुङ खन्ने कार्य सकिएको उपलक्ष्यमा मेलम्ची आयोजनाले कार्यक्रम गर्न लागेको हो । मेलम्ची मुहानबाट पानी हालेर उद्घाटन गर्ने कार्यक्रम राखिएको मेलम्ची खानेपानी आयोजनाका बरिष्ठ ईन्जिनियर राजेन्द्रप्रसाद पन्तले हाकाहाकीलाई जानकारी दिए । उनका अनुसार खानेपानी तथा सरसफाई मन्त्रीले आयोजनाको मुहानबाट सुरुङमा पानी प्रवेश गराएर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ मध्ये बाँकी रहेको ३.९ मिटर सुरुङ आज साँझसम्म पुरा हुनेछ,’ ईन्जिनियर पन्तले भने,‘ सिन्धुबाट सुरुङ खन्दा कमजोर चट्टान खन्न थालिएको छ ।’