काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षासँगै हिमपात भएको छ । उपत्यकाका ललितपुरको लेले, भक्तपुरको बालकोट, काठमाडौँको चन्द्रगिरी चम्पादेवी लगायतका स्थानमा हिमपात भएको छ।
काठमाडौँ उपत्यकामा रातभर असिना पानी परेसँगै हिमपात भएको हो । पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको मौसम विभागले जनाएको छ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेपनि विहीबार दिउँसोबाट पानी पर्न रोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तस्बिर : उपेन्द्र लामिछाने, सुरेन्द्र पौडेल, सञ्जु राउत र किरण चापागाईकाे फेसबुकबाट
As seen from Bhaisepati. pic.twitter.com/ffodD0vv0p
— Ramesh (@RameshBhushal) February 28, 2019
भिडियाे : रमेश भुषाल