हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको मृत्यु भएको पुष्टि

काठमाडौं–ताप्लेजुङमा बुधबार अपराह्न भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको हो। ‘हेलिकोप्टरमा सवार ६ जना र क्याप्टेनसहित सातै जनाको शव फेला परेको खबर आएको छ,’ हाकाहाकीसँग कुरा गर्दै प्रवक्ता सुवेदीले भने, ‘शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।’ हेलिकोप्टर फुङ्ग्लिङ्ग १० तारेभिरमा दुर्घटनाग्रस्त भएको थियो।

हेलिकोक्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकोप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका सञ्चालक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे सवार थिए।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना: ६ जनाको शव फेला

ताजा समाचार

सम्बन्धित समाचार