सर्वाेच्चले भन्यो-‘पठाओ’ को सेवा नरोक्नू

काठमाडौं–सर्वोच्च अदालतले राइड–सेयरिङ एपबाट सञ्चालन यातायात सेवा प्रदायक पठाओको सेवा रोक्न अस्वीकार गरेको छ।

न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो।

निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेकोमा सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सो रिटमाथि मंगलबार प्रारम्भिक चरणको बहस भएको थियो। बहस पश्चात सर्वोच्चले विपक्षी पठाओ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ।

पठाओ बंगलादेशी राइडिङ सेयरिङ कम्पनी हो। यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न नपाइने रिट निवेदनमा उल्लेख छ।

उता, सरकारले टुटल र पठाओलाई करको दायरमा ल्याउने गरी काम गरिरहेको जनाएको छ।  आन्तरिक राजशव विभाग प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुुसार ती कम्पनीहरूबाट भ्याट र आयकर कसरी निर्धारण गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको हो।

ताजा समाचार

सम्बन्धित समाचार