Wednesday, November 20, 2024

कलकत्ता आइपुगे काठमाडाैँ महानगरका पाँच ब्रुमर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले एक महिनाभित्र १० करोड ८० लाखको पाँच ब्रुमर ल्याउने भएको छ। युरोप स्टाण्डर्डका पाँच ब्रुमर इटालीबाट भारतको कलकत्ता ल्याइएको र नेपाल ल्याउने तयारी भएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

महानगरले ल्याउन लागेको २ करोड १६ लाखका पाँच ब्रुमर कलकत्ता आइपुगेको र नेपाल भित्र्याउन अर्थमन्त्रालयसँग समन्वय भइरहेको उनको भनाइ छ।

‘हामीले अहिले ल्याउन लागेको ब्रुमर कलकत्ता आइपुगेको छ,’ उनले भने, ‘अब त्यसको कर मिनाहा गराउनका लागि अर्थमन्त्रालयमा पत्रचार गरेका छौँ।’

कर मिनाहा गराउन अर्थलाई २० दिन अगाडि नै पत्राचार गरेको र अर्थले पनि प्रक्रिया अगाडि बढाइरहेकोले गर्दा अबको एक महिनाभित्र उक्त ब्रुमर नेपाल आइसक्ने उनको दाबी छ।

उनी महानगरले अहिले डुलेभाे६००० मोडलको आधुनिक प्रविधियुक्त ५ वटा ब्रुमर नेपाल भित्र्याउन लागेको बताउँछन्। उक्त ब्रुमरले भ्याकुमका रूपमा धुलो तान्नेछ भने प्लास्टिक तथा बोतल जस्ता फोहोरसमेत सजिलै तान्नेछ।

कुचो तथा ट्याङ्करको पानीले सडकको धूलो सफा गरिरहेको महानगरले गत भदौदेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याएको जनाएको छ । हाल महानगरले आफ्नो भवन वरपर(बागदरबार क्षेत्र), लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो। यसअघि महानगरले ल्याएको अन्य ब्रुमरहरू भने मर्मत नहुँदा थन्किएर बसेका थिए। उक्त यन्त्रले काम नगर्ने भएपछि महानगरले १० वटा आधुनिक प्रविधिको सफा गर्ने यन्त्र(ब्रुमर) ल्याउने बताएको थियो। त्यसमध्ये ५ वटा अहिले ल्याउन लागिएको प्रवक्ता डंगोलले जनाए।

ताजा समाचार

सम्बन्धित समाचार