रैथाने जातका बीऊबिजन संकलन गर्दै किसान

कैलाली–जोशीपुर–३ रामनगर मुक्तकमैया बस्तीका किसान रैथाने जातका बीऊबिजनको संकलनमा लागेका छन्।

रैथाने जातका अन्नबाली तथा तरकारी लोप हुँदै जान थालेपछि यहाँका किसानले बीउ बैंकको स्थापना गरी त्यसको संरक्षणमा लागेका हुन्।

कमैया प्रथा उन्मुलन समाजले २०७० सालमा लुथरनको आर्थिक सहयोगमा दौना बेवरी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरेको थियो।

सहकारीले यो वर्षदेखि रैथाने जातका (स्थानीय) बीऊ संकलन गर्नेका लागि बीऊ बैंक स्थापना गरेको छ। बीऊ बैंकमा विभिन्न प्रकारका रैथाने बीऊ १ हजार किलो संकलन गर्ने लक्ष्येका साथ भण्डारण गर्न सुरु गरिएको सहकारीका सेयर सदस्य रेखा चौधरीले बताइन्।

हाल फर्सी, लौका, चना, मटर, धान, मुला, सिमी, धनियाँ लगायतका बीउहरू ३ सय ५० केजी संकलन गरेर भण्डारण गरिसकेको उनले बताइन्।

यसबाट करिब तीन सय ३५ जना किसान लाभान्वित भएका छन्। उनीहरूले मासिक एक सय रुपैयाँका दरले बचत गरी हाल तीन लाख ७० हजार रुपैयाँ सहकारीमा बचत भएको बताए। बचत भएको पैसा सहकारीले कृषिका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ ऋण दिँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार