काठमाडौँ – प्रकति आफैँमा सुन्दर अनि सबैलाई आकर्षित गर्ने खालको छ। प्रकृतिले बनाएको जिवजन्तु त झनै सुन्दर अनि आकर्षक छन्।
प्रकृतिले बनाएको जीवजन्तु मध्ये एक हो पंक्षी । पंक्षी(चरा) आफ्नो विभिन्न विशेषता अनि आकर्षक शरीरका कारण सबैको प्रिय हुन्छ। विश्वका विभिन्न कुनामा निकै नै आकर्षक अनि सुन्दर पंक्षीहरू पाइन्छ।
ती मध्ये यी हुन विश्वका १० सुन्दर पंक्षी
गोल्डेन फिसेन्ट
गोल्डेन फिसेन्ट आफ्नो सानदार रंग र सुन्दर डिजाइनले गर्दा निकै नै आकर्षक देखिन्छ। सुनौलो र रातो रंगले यस चराकोे टाउकोमा श्रीपेच जस्तो देखिने सुनौला रौँले यसको सुन्दरतामा झनै निखार ल्याएको हुन्छ । यसको वजन ५०० देखि ८०० ग्राम सम्म हुन्छ।
भोहेमियन भ्याक्सिन
उत्तर अमेरिका, क्यानडा, अलस्का, र युरेशियाको जंगलमा, पाइने यस पंक्षीको सम्पूर्ण शरीर नै आकर्षक र सुन्दर हुन्छ। यसको आवाज निकै नै सुमधुर हुने भएकाले यसलाई सङ्गबर्डको रुपमा पनि चिनिन्छ यसको वजन ५० देखि ७० ग्राम हुन्छ । यसको पखेँटाको किनारामा हुने पँहेलो र सेतो रंगले यसर्ला झनै आकर्षक बनाएको छ।
उड डक
उड डक विश्वमा पाइने सुन्दर पंक्षी मध्येको एक हो । उत्तर अमेरिकाको धापिलो क्षेत्रमा पाइने यो पंक्षीको शरीर कुनै चित्रकारले कोरेको चित्र जस्तै सुन्दर हुन्छ। यो रंगीन पंक्षी देख्नमा निकै नै आकर्षक हुन्छ । यो चरा पानीको अलावा रुखमा पनि सुरुङ बनाएर आफ्नो गुँड बनाउन सक्ने अदभुत क्षमताले भरिपूर्ण छ।
किल बिल टुकेन
दक्षिण अमेरिकामा पाइने किल बिल टुकेनको २० सेन्टिमिटर र वजन ४ किलोग्राम हुन्छ । यसको चुच्चो हरियो, रातो र पहेँलो रंग हुन्छ । यसले नै यो पंक्षीलाई विश्वका सुन्दर पंक्षीहरू मध्येको एकमा चिनाउँछ । यसको चुच्चो शरीर भन्दा लामो र आकर्षक हुन्छ।
ब्ल्यु जे
भारतका विभिन्न स्थानमापाइने ब्ल्यु जे सबैभन्दा बुद्धिमान पंक्षी मध्येको एक हो । निलो रंगको यो चरा उड्दा निकै नै आकर्षक देखिन्छ । पोथी ब्ल्यु जेलाई आफूतर्फ आकर्षित गर्न यसले विभिन्न कर्तक देखाउँछ।
एटलान्टिक पफिन
झट्ट देख्दा खेलौना जस्तो देखिने यो चरा समुन्द्री क्षेत्रमा बढी पाइन्छ। यसको चुच्चो र आँखा निकै सुन्दर हुन्छ । यसलाई हाउभाउ र रहनसहन अनुसार समुद्री सुगाको रुपमा पनि लिइन्छ। यो उड्न र पौडन सक्ने दुबै क्षमता भएको पंक्षी हो । यो पानी भित्र ६० मिटर तल सम्म पुग्न सक्छ। यो ५५ माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ । यसको आयु २० वर्षसम्म हुन्छ ।
मयुर
विश्वका सुन्दर पंक्षी मध्येको अर्को हो मयुर, निकै नै आकर्षक प्वाँख तथा रंगीन पखेटाले गर्दा यसलाई निकै नै सुन्दर बनाएको छ । विशेषगरी भारतमा पाइने मयुर वर्षायाममा आफ्नो पखेटा फिजाउँदै नाँच्ने गर्दछ । यो रंगीन दृष्य निकै नै मनमोहक हुन्छ । भारी वजनका कारण यो पंक्षी पखेटा भएर पनि उड्न भने सक्दैन।
फ्लेमिंगो
विश्वका विभिन्न स्थनमा पाइने यो चरा ४ देखि ६ फिट सम्म लामो हुन्छ । चार किलोसम्मको वजन हुने यो चरा सुन्तला र सेतो रंगको हुन्छ । यो देख्नमा सुन्दर र आकर्षित हुन्छ । समूहमा नै बस्न रुचाउने यस चराको विश्वभर ६ प्रजाति पाइन्छ।
स्कारलेट मकाउ
स्कारलेट मकाउ दुनियाको सबैभन्दा रंगीन चरा हो। यसको पंखामा विभिन्न रंगका साथै अनौठो डिजाइन भनेको हुन्छ । सुगाको एक प्रजाती मध्येको मकाउको आँखाको तल्लो भाग सेतो रंगको जसले गर्दा यो चरालाई निकै नै आकर्षक बनाउँछ । ८०–९० सेन्टिमिटर लामो हुने मकाउको वजन २–३ किलोग्राम हुन्छ। एटलान्टिक पफिन जस्तै मकाउ पनि तीव्र गतिमा उड्ने चरामा पर्दछ । यो ३५ माइल प्रतिघण्टाको गतिमा उडने गर्दछ।
एना हमिङ बर्ड
यो चरामा आफ्नो शरीरुको रंग बदल्न सक्ने क्षमता हुन्छ। उल्टो सुल्टो, तल माथि जता पनि उड्न सक्ने हमिङ बर्डलेो शरीर हल्लाएपिच्छे उसको शरीरको रंग परिवर्तन हुन्छ। हर १० मिनेटमा खाना खाने यस पंक्षीले दिनमा आफ्नो शरीरको वजनको ५० प्रतिशतसम्म खाना खान्छ। यसको आयु ५ वर्षको हुन्छ।
एजेन्सीको सहयोगमा