Tuesday, November 19, 2024

मेलम्चीमा निर्णय लिन सकस

काठमाडौँ–मेलम्चीसँग जोडिएका विभिन्न समूहरूको स्वार्थ बाझिएपछि अयाोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालयलाई सकस परेको छ।

यस विषयमा मन्त्रालय, मेलम्ची विकास परियोजना र अन्य सरोकारवाला निकायहरूको बीचमा केही दिनयता छलफल भइरहे पनि निष्कर्ष निस्कन सकेको छैन।

विभिन्न वित्तीय संस्था र इटालियन कम्पनीबाट भुक्तानी लिन बाँकी सहायक ठेकेदार कम्पनीहरूले सिएमसीलाई नै पुनः ल्याउन लविङ गरिरहेका छन्। उनीहरूले विभिन्न राजनीतिक सुत्रमार्फत खानेपानीमन्त्री र उच्च नेताहरूलाई दबाब दिइरहेका छन्।

तर, मेलम्ची खानेपानी आयोजना भने उक्त परियोजना आफैँ निर्माण गर्ने पक्षमा छ। सिएमसी टाट पल्टिएर भागेकोले गर्दा बाँकी काम गर्ने स्थितिमा नरहेको र उसलाई पुनः काममा फर्काउँदा मेलम्ची आयोजना अलपत्र पर्ने आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कडेँल बताउँछन्। ‘आयोजनाको कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सकारले केही पनि निर्णय दिएको छैन्,’ उनले भने, ‘सिएमसीलाई पैसा दिएकाहरू उसैलाई फिर्ता ल्याउने पक्षमा छन् भने कोही हुन्न भन्छन्, यसले झनै दुविधा थपिदिएको छ।’

यसैबीच नयाँ टेण्डर आह्वान गर्दा लामो समय लाग्ने भएकाले निर्माणको जिम्मा सेनलाई दिएर आयोजना सकेसम्म चाँडो सक्नुपर्ने मत पनि बलियो छ।

यसअघि मेलम्चीकाे काम गर्दै आएको इटालिन ठेकेदार कम्पनी काम छाडेर इटली भागेपछि सरकारले उसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

सिएमसीसँगको ठेक्का रद्द भएपछि खानेपानी मन्त्रालयले अयाोजनाको काम अगाडि बढाउन दुई विकल्प अघि सारेको थियो । दुई विकल्प मध्ये कुन मा काम गर्ने भन्ने विषय टुंगो नलाग्दै सिएमसीलाई फिर्ता ल्याउनु पर्ने आवाज उठेको हो।

ताजा समाचार

सम्बन्धित समाचार