यातायात क्षेत्रमा लामो समयदेखि जड्किएर रहेको सिन्डिकेट अन्तको लागि सरकारले केही दिन पहिले नयाँ वसहरुलाई रुट परमिट दिने निर्णय ग–यो । त्यसको विरोधमा केही यातायात व्यवसायीहरु उत्रिए तर सरकार आफ्नो निर्णयमा दृढ रह्यो । सरकारले निर्णय फिर्ता नलिने छन्क पाएपछि उनीहरु आफ्नो सेवा सुचारु गर्न वाध्य भएका छन् । सिन्डिकेटको अन्त भएपछि सर्वसाधारण एकदमै खुसी देखिन्छन् र उनीहरुले यो निर्णयको स्वागत गरेका छन् । प्रमुख विपक्षी दल नेपाली काङग्रेसले पनि सरकारको निर्णयको स्वागत गदै सरकारको राम्रो कामको आफुहरुले स्वागत गर्ने वताएको छ । अहिले काठमाडौ–धुलिखेल रुटमा नयाँ इजाजत दिइएको र त्यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने आम माग रहेको छ ।
सिन्डिकेट अन्त भएपछि सार्वजनिक यातायातमा रहेका सर्वसाधारणहरुको प्रतिक्रिया छ– सार्वजनिक यातायातका साधनहरुको संख्या जति वढ्यो त्यति यात्रुहरुलाई फाइदा हुने हो यसले अहिलेको भिडभाडलाई कम गर्छ । सिन्डिकेटको अन्त भएपछि काठमाडौ उपत्यकामा देखिएको सार्वजनिक यातायताको अबस्थावारे अमिश रेग्मीको फोटो फिचर
[foogallery id=”1921″]