Monday, November 18, 2024

जलवायु परिवर्तनमा लियोनार्दोको सहयोग, यस्तो छ उनकाे नेपाल कनेक्सन

काठमाडौँ –  हलिउडका चर्चित अभिनेता लियोनार्डाे डिकाप्रियोले जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय चुनौतीसँग लड्नका लागि आफ्नो फाउण्डेशन मार्फत नयाँ परियोजना अगाडि सारेका छन्।

विश्वको तापमान वृद्धिलाई १.५ सेल्सियसमा कायम राख्ने विश्वव्यापी लक्ष्यलाई पुरा गर्न लियोनार्डाे डिकाप्रियो फाउन्डेसनले सहयोग गर्ने घोषणा गरेको हो।

नेपाल भ्रमणका क्रममा नेपाली बाघ संरक्षकलाई सघाउँदै  लियाेनार्दाे । तस्बिर : गुगल

विश्व तापमान वृद्धिसँगै लाखाैँ मानिसहरूको जीवन नै संकटमा पर्ने खत्तरा विभिन्न अध्ययनहरूले देखाएका छन्। फाउन्डेसनले साढे ११ करोड डलर (११ अर्ब नेपाली रूपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ। जुन जलवायु परिवर्तनको असर कम गर्नका लागि खर्च हुनेछ। यसका लागि फाउन्डेसनले अन अर्थ क्लाइमेट मोडल परियोजनाको घोषणा गरेको छ। जलवायु परिवर्तनका कारण यस विश्वभर बाढी र आगलागीको समस्याले विकराल रुप लिइरहेको छ।

जलवायु परिवर्तन र त्यसको प्रभावबाट मानिस र जीवजन्तुलाई बचाउने अभिायनमा सहभागी हुन पाएकोमा सो फाउन्डेसनले खुसी समेत व्यक्त गरेको छ। फाउन्डेसनले जलवायु परिवर्तन विश्वको एउटा प्रमुख समस्याको रुपमा देखिएकाले सबैलाई यसमा मिलेर काम गर्न समेत आग्रह गरेको छ। ज्लवायु परिवर्तन मात्र होइन डिकाप्रियो विश्वभरी नै बाघको संरक्षणमा समेत सक्रिय रुपमा लागिरहेका छन्।

योसँगै डिकाप्रियोले नेपालको बाघ संरक्षणमा ४० करोड भन्दा बढी सहयोग गरिसकेका छन्। ०६८ जेठ ८ गतेको आकस्मिक नेपाल भ्रमणको क्रममा उनले बर्दियामा वातावरण संरक्षणका लागि भन्दै राजवृक्ष रोपेका थिए। लियोनार्दोले उक्त भ्रमणपश्चात नेपालको बाघ संरक्षणमा सहयोग गर्दै आइरहेका छन्।

नेपाल भ्रमणका क्रममा उनले बाघ संरक्षणमा सहभागीहरूसँग अन्तक्र्रिया समेत गरेका थिए । बाघको आक्रमणबाट आँखा गुमाएका भदै थारुसँग कुराकानी गर्दै उनले थारुले संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै चस्मा उपहार दिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार