Monday, November 18, 2024

जलवायु वित्त : कसले कति गर्यो नेपाललाई सहयोग ?

काठमाडौँ – नेपालमा योजनाबद्ध विकासको थालनीसँगै विभिन्न अन्तराष्ट्रिय संघ संस्थाले देशको विकास कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । हालैका वर्षहरूमा नेपालले जलवायु अनुकुल र न्यूनीकरण सम्बन्धी परियोजनाहरू कार्यान्वयन गर्नका लागि जलवायु वित्त प्राप्त गर्दै आएको छ।

हालसम्म नेपालले २१.४ बिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको छ । नेपाललाई सबैभन्दा ठूलो वा धेरै सहयोग विश्व बैंक(आई डी ए)ले गरेको छ। त्यसपछि एशियाली विकास बैंक, अन्तराष्ट्रिय विकास विभाग(डीएफआइडी), चीन, युरोपियन युनियन तथा अन्य सहयोगी निकाय पर्दछन्।

विश्व बैंकले हालसम्म ४.०६ बिलियन अमेरिकी डलर अर्थात कुल सहयोगको १९ प्रतिशत सहयोग गरेको छ । त्यसैगरी एडीबीले १६ प्रतिशत अर्थात ३.३२ बिलियन, डीएफआइडीले १.७५ अर्थात ८ प्रतिशत, चीनले १.३ बिलियन अर्थात ६ प्रतिशत सहयोग गरेको छ । त्यस्तै युरोपियन युनियनले ५ प्रतिशत अर्थात १.०७ बिलियन सहयोग गर्दा अन्य विभिन्न संघसंस्था तथा राष्ट्रहरूले ९.९ बिलियन अर्थात ४६ प्रतिशत सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार