चितुवाको छाला सहित दुई पक्राउ

काठमाडौं, ६ चैत– चितुवाको छाला सहित प्रहरीले दुई जनालाई लाजिम्पाटबाट पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार दुई जनालाई काठमाडौंकोे लाजिम्पाटबाट पक्राउ गरेको सिआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए । 

पक्राउ पर्नेमा धादिङ माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने ४० बर्षीय गम बहादुर गुरुङ र सिन्धुली फिक्कल गाँउपालिका वडा नं.२ बस्ने बर्ष २३ को डोर प्रसाद फुयाल छन् ।

लाजिम्पाटबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद बिक्री गर्न भनि ल्याएको अवस्थामा संरक्षित वन्यजन्तु चितुवाको छाला थान एक वरामद भएको प्रवक्ता श्रेष्ठले बताए ।