Friday, September 20, 2024

चार निकुञ्ज नयाँ पर्यटकीय गन्तव्यमा, यी हुन् १०० नयाँ गन्तव्य

काठमाडौं– सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले मुलुकमा थप एक सय पर्यटकीय गन्तव्यको पहिचान गरेको छ।

आर्थिक वर्ष २०७५-०७६ को बजेट वक्तव्यको बुँदा ११४ मा ‘नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने’ उल्लेख भएअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट नयाँ पर्यटकीय गन्तव्य छनोट गरिएको हो। जसका लागि ५० करोड बजेट विनियोजन भएको थियो।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेकोमा स्थानीय, प्रदेश सरकारको सुझाव एवं मन्त्रालयको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको हो।

मन्त्रालयका अनुसार पुरातात्विक सम्पदा, ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी, चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँ लगायतलाई नयाँ गन्तव्यमा समावेश गरिएको उनले जनाए।

पहिचान गरिएका नयाँ पर्यटकीय गन्तव्यमा चारवटा राष्ट्रिय निकुञ्ज, दुर्इवटा संरक्षण क्षेत्र र एउटा अारक्ष समावेश छन्। पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शेफाेक्सुन्डाे राष्ट्रिय निकुञ्जसँगै  काेसीटप्पु वन्यजन्तु अारक्ष, कृष्णसार संरक्षण क्षेत्र र  अपीनाप्पा संरक्षण क्षेत्र नयाँ पर्यटकीय गन्तव्यकाे सूचीमा सूचीकृत छन्।

नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै गत भदौमा सार्वजनिक जारी गरेको थियो।

सरकारले उक्त अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको छ। यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो। विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

हेर्नुहाेस् नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूकाे सूची

ताजा समाचार

सम्बन्धित समाचार