काठमाडौं–भारतका १० वटा शीर्ष प्रदूषित शहरमध्ये आठ वटा उत्तर प्रदेशका रहेको पाइएको छ। जसमा उत्तरप्रदेशको कानपुरको हावा मानवस्वास्थ्यका लागि सबैभन्दा विषाक्त रहेको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको जनाएकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको वायुको गुणस्तर ४२० माइक्रोग्राम पर क्युबिक मीटर पुगेको छ। जो सबैभन्दा खराब श्रेणीमा पर्छ। वायु प्रदूष्णको प्रभावित शहरमा दोस्रो नम्बरमा गाजियाबाद रहेको छ।
जसको वायुको गुणस्तर ४१५ रहेको छ। यसैगरी, गुरुग्रामको ४०३, बागपातको ३९८, हाडुडको ३९६, बुलन्दशहरको ३८८, नोएडाको ३८५, नयाँदिल्लीको ३६६, मुजफ्फनगरको ३३७ र मरादाबादको ३३१ रहेको छ। यसैगरी, लखनउको वायु प्रदूषणको स्तर ३२३ रहेको छ।
३०० माइक्रोग्राम पर क्युबिक मीटरभन्दा माथिको वायुको गुणस्तरलाई धेरै खराब मानिन्छ, भने ४०० या त्योभन्दा माथिलाई गम्भीर मानिन्छ।–एजेन्सीकाे सहयाेगमा





