Friday, October 18, 2024

‘चन्द्रमामा गाउँ’ २०३० सम्ममा वास्तविक हुनसक्छ

चन्द्रमामा गाउँ बसाल्ने कुरा २०३० सम्ममा वास्तविक बन्न सक्ने बैज्ञानिकहरुले बताएका छन् । अन्तरिक्ष यात्री र रोबोट प्रणालीबीचको सहयोगले गर्दा उक्त गाउँ बनाउन सम्भव हुने उनीहरुको भनाई छ । नेदरल्याण्डमा आयोजित एक गोष्ठीमा बैज्ञानिकहरुले उक्त कुरा बताएका हुन् ।

भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सम्भावित खोजहरुको लागि बैज्ञानिक, इन्जिनियर र विशेषज्ञ टोली (युरोपियन स्पेश एजेन्सी – इएसए) ले २०२० देखि २०३० सम्ममा चन्द्रमामा बस्ती भन्ने गोष्ठीको आयोजना गरेको हो ।

‘उक्त कल्पनालाई वास्तविक बनाउनको लागि चन्द्रमामा भएको स्रोतसाधनहरु हामी पृथ्वीमा रहेका मानिसहरुका लागि पर्याप्त छन् त भनेर हामीले गहिरो अनुसन्धान गरिरहेका छौं,’ नोट्रे ड्याम विश्वविधालय अमेरिकाका प्राध्यापक क्लाईभ निलले बताए । ‘हामी त्यहाँ भएका स्रोत र साधनको बारेमा अध्ययन गरिरहेका छौं तर पनि उक्त स्रोत र साधनको कसरी प्रयोग गर्ने भन्ने अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौं । सत्यताको पुष्टि नगरी त्यसको आकार, संरचना, रुप र जमिनको बारेमा बोल्न सक्ने अवस्था छैन । पहिले हामीले त्यहाँको जमिनको बारेमा सत्य पत्ता लगाउनु आवश्यक छ,’ निलले भने ।

एनका अनुसार अर्को चरणमा त्यहाँ भएका योग्य वस्तुको उत्पादन र संशोधनमा जोड दिइने र अनुगमन निकासी प्रविधिको प्रयोगबाट चन्द्रमामा बस्तिको संभावित अध्ययन गरेपछि मात्र सो अध्ययन सफल हुनेछ । इएसएको गोष्ठीले चन्द्रमामा बस्तीको सटिक अवतरण, नमुना रोबट फिर्ता गर्ने, नमूना परिक्षण गरिने पनि निलले बताएका छन् । ‘उक्त अध्ययनलाई सार्थक बनाउन हामी जुटिरहेका छौं ।’

ताजा समाचार

सम्बन्धित समाचार