Friday, October 18, 2024

विश्वका १५ फोहर शहरहरु

प्रदुषण अहिले विश्वमा नै एउटा खतरनाक म्द्दा भएको छ । जल प्रद्षणले सुरक्षित खानेपानीमा गिरावट आउँछ भने वायु प्रदुषणले स्वास्थ्यमा जोखिम र क्षति पु¥याउने वातावरण निम्त्याउँछ । त्यस्तै ध्वनी प्रदुषणले हाम्रो वातावरणलाई असर पु¥याउनुको साथै जनावारहरुलाई तर्साउने गर्दछ । माटोमा हुने प्रदुषणले शुद्ध खानेपानीमा हस ल्याई विभिन्न समस्याहरु उब्जाउन सक्छ ।

अहिले अफ्रिकाका शहरहरु विश्वको सबैभन्दा फोहर शहरहरुमा पर्न थालेका छन् । स्वच्छ खानेपानी, सरसफाई र स्वच्छ खानाको अभावले अफ्रिकामा प्रति घण्टा ११५ जनाको मृत्यु हुने गरेको वाटर विथआउट बोर्डर्सले निष्कर्ष निकालेको छ ।

हावाको गुणस्तरमा हस आउनु नै विश्वका प्रदुषित शहरहरुको मुख्य समस्याको रुपमा खडा भएको छ । लिभस्ट्रोङ डट कमका अनुसार दुषित हावा नै स्वास्थ्य, स्वास्थ्यमा असर पर्ने गम्भिर रोग र मृत्युशैयासम्म पु¥याउने तत्व हो । अहिलेको अबस्थामा मानिसहरुले गर्ने कृयाकलाप नै वायु प्रदुषणको कारक हो । यो निर्माण, यातायात, कोइलाखानी, इन्धनलगायतको कारणबाट प्रदुषित हुन्छ । कुईरो, कार्बन, कोइला, इन्धनलगायतले नै वायु प्रदुषण हुन्छ जस्ले मान र पृथ्वी दुबैको आय्लाई घटाउने काम गर्छ ।

एक यात्रासम्बन्धी साईटले आफुले घुम्न चाहने गन्तब्य आफ्नो खुशीले रोजौं भन्दै विश्वका १५ ओटा शहर घुम्दा सचेत रहन आग्रह गरेको छ । जसअनुसार बिश्वका १५ फोहर शहरहरु यसप्रकार रहेका छन् ।

१) पोर्ट हारकोर्ट, नाइजेरिया
नाइजेरियाको यस शहरमा बस्ने मानिसहरुमा गम्भीर स्वास्थ्य जोखिम रहेको छ किनभने यहाँका मानिसहरु खोला किनारामा फोहर फाल्ने गर्छन् ।

२) लुआन्डा, एंगोला

यहाँका अधिकांश मानिसहरु फोहर पानीको सेवन गर्छन् । एंगोलाका मानिसहरु गत वर्ष लागेको कोलेरा नामको संक्रमणबाट भर्खर बाहिर निस्कँदैछन् । आइरिन समाचारका अनुसार उक्त संक्रमणबाट २,७२२ जनाले ज्यान गुमाईसकेका छन् ।

३) लोमे, टोगो
यहाँको धेरै बासिन्दाहरु पानीबाट हुने इन्फेक्सनबाट संक्रमित छन् । किनभने यिनीहरु फोहर पानी पिउने गर्छन् । प्रदुषित ठाउँमा खानेपानीको स्रोत भएको हुनाले उनीहरु फोहर पानी पिउन बाध्य भएका हुन् ।

४) मोस्को, रसिया

ठुलो मात्रामा कार र फ्याक्ट्रीहरुले उक्त शहरलाई दुषित बनाईरहेको छ । कार र फ्याक्ट्रीहरुबाट निस्कने प्रदुषणले उक्त शहरको मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर गर्ने देखिएको छ ।

५) नयाँ दिल्ली, भारत
नयाँ दिल्ली मानिसको अत्यन्तै ठुलो चाप भएको शहर हो । बाटाको छेउमा अब्यबस्थित फोहरमैला, र गाडीबाट निस्किने धुवाँ धुलोले विभिन्न प्रकारका रोगहरु निम्त्याई रहेको छ ।

बिश्वका अन्य फोहर शहरहरु यसप्रकार छन्ः

६) दार एस सलाम, तान्जानिया
७) बगदाद, इराक
८) मुम्बई, भारत
९) अडिस अबाबा, इथियोपिया
१०) पोर्ट ओ प्रिन्स, हाईटी
११) मेक्सिको सिटी, मेक्सिको
१२) अन्टानानारिभो, मदागास्कर
१३ं) ढाका, बङगलादेश
१४) बाकु, अजरबैजान
१५) कराँची, पाकिस्तान

ताजा समाचार

सम्बन्धित समाचार