पाँच अर्ब लगानीमा खोलाको पानी पिउनयोग्य बनाइँदै

काठमाडौं–पोखरास्थित मादी खोलाको पानीलाई शुद्धीकरण गरेर पिउन योग्य बनाइने भएको छ।

पोखरा आसपासका क्षेत्रमा खानेपानी वितरणका लागि खानेपानी संस्थानले जापनीज नियोग (जाइका) को सहयोगमा ४ अर्ब ८० करोडको लागतमा योजना निर्माणका लागि टेण्डर आह्वानको तयारी थालेको हो।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्।

यसैगरी, काठमाडौंमा आगामी वाटर एटीएम शुरु हुने भएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निश्चित पैसा तिरेपछि पानी पिउन पाइने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागेको हो।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको समीक्षा बैठकमा बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले आउँदो बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने जानकारी गराएका हुन्। एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यकाभित्र विस्तार गरिने बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार