ललितपुर । झापाको विर्तामोड नगरपालिका–७ सुन्दर निता सामुदायिक वनमा घाँस, दाउरा गर्न गएका दुई व्यक्तिलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
शनिबार जंगली हात्तीले आक्रमण परी सोही नगरपालिका–३ विर्ताबजार बस्ने ६५ वर्षीय च्याङ्ग्रा राजवंशी र सोही नगरपालिका–७ मियाबारी बस्ने ७० वर्षीय लसुने मियाको मृत्यु भएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।