Friday, September 20, 2024

महानगर : सडक धुलाम्य, मेसिन थन्किए (फोटो फिचर)

काठमाडौँ – सडकको धुलो पखाल्न तथा सफा गर्न भनेर काठमाडौं महानगरपालिकाले ल्याएकोे जेट मेसिन यतिबेला कामविहीन बनेको छ । साथै सडकको धूलो सफा गर्न प्रयोग हुने ब्रुमर पनि त्यतिकै थन्किएर बसेको छ ।

काठमाडौँकाे धुलाे न्यूनीकरणा गर्ने भन्दै महानगरले डेढ महिनाअघि ५ वटा जेट मेसिन ल्याएको हो । अत्याधिक धूलोका कारण महानगरमा सासै फेर्न गाह्रो भएपछि जेट मेसिन खरिद गरिए पनि दैनिक प्रयोगमा भने ल्याइएको छैन ।

जेट मेसिनले थुनिएको ढल खोल्ने काम गर्छ भने ब्रुमर ले सडकको धूलो सफा गर्ने काम गर्छ ।

महानगर वातावरण स्वच्छ पार्ने चुनौतीका रूपमा रहेको धूलो व्यवस्थापन गर्ने ब्रुमर ल्याउने प्रक्रियामै अल्झेको छ । अन्य ५ वटा ब्रुमर किन्ने योजना बनाएको एक वर्ष बितिसक्दा पनि एउटा पनि किनेको छैन । भएको जेट मेसिन पनि त्यतिकै थन्काएर राखेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार