काठमाडौं–दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौं बाहिर जाने यात्रु हौसिएका छन् । यसअघि टिकट बुकिङमा अन्यौल रहेका बेला मंगलबारबाट खुलेपछि काठमाडौंबाट बाहिरिने यात्रु टिकट काट्न बसपार्क पुगेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर, पुरानो बसपार्कलगायत स्थानमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकटका लागि काउन्टरमा यात्रुको लाम नै देखिन्छ ।
यस अघि असोज १ देखि नै टिकट बुकिंग खुल्ला गर्ने तयारी गरिए पनि व्यवशायी र विभागको अडानका कारण १ साता पछि बुकिङ खुला भएको हो ।







