फोहोरबाट सजावटका सामग्री (फोटो फिचरसहित)

काठमाडौं–उपत्यकाको कीर्तिपुरमा शुक्रबार ‘स्वच्छ कीर्तिपुर प्रवर्द्धन मेला–२०७५’ शुरु भएको छ।

प्लास्टिकका पुराना बोतलबाट बनाइएकाे बस्ने मुढा अवलोकन गर्दौ महिलाहरू । तस्वीरहरू अमिष रेग्मी

कीर्तिपुर नगरपालिकाले ‘स्वच्छ कीर्तिपुर महाभियान अन्तर्गत आयोजना गरेको सो मेला शनिबारसम्म सञ्चालन हुनेछ।
नयाँ बजारस्थित बास्केटबल खेल मैदानमा आयोजित मेलामा १० वटै वडाका महिला तथा विद्यार्थीले फोहोरबाट बनाएका विभिन्न आकर्षण खेलौना तथा सजावटका सामग्री प्रर्दशनमा राखिएको छ।

पत्रपत्रिका तथा प्लास्टिक झोलाबाट बनेका सजावटका सामग्रीहरु ।

कीर्तिपुर नगरपालिका र असर छिमेकी नेपालको आयोजनामा सञ्चालित मेलाका लागि कीर्तिपुर फोहोर व्यवस्थापन सेवा, ल्किन नेपाल, नेपाल स्वच्छ सिर्जना वातावरण केन्द्र र स्वच्छ वातावरण संरक्षण समितिले सहयोग गरेका छन्।

क्रिएटिभ एकेडेमि स्कुलका विद्यार्थीहरुले पुराना प्लास्टिकका बोतलबाट बनाएका सजावटका सामग्रीहरु ।
फोहोरबाट बनेका सजावटका सामग्री बनाउने तरिकाबारे जानकारी लिदै महिलाहरू ।

वडा नम्बर १ का वडा अध्यक्ष हर्ष महर्जन ‘स्वच्छ कीर्तिपुर महाभियान’ अन्तर्गत गत चैतदेखि विभिन्न अभियान सञ्चालन भइरहेको र सोही अनुरुप मेलाको आयोजना गरिएको बताउँछन्।

कागजबाट बनेका मुर्तीहरू ।

ताजा समाचार

सम्बन्धित समाचार