यातायातको भाडा बढाउने सरकारको तयारी

काठमाडौं–इन्धनको मूल्यमा भएको वृद्धिसँगै यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक यातायाताको भाडा बनाउने तयारी गरेको छ।

यातायात व्यवस्था विभागले भाडा बनाउने प्रक्रिया अगाडि बढाएको हाे। विभाग आन्तरिक तयारी गरेर दसैं, तिहारपछि भाडा बढाउने योजनामा छ।

तर, यातायात व्यवसायीहरू भने दसैं अगाडि नै भाडा बढाउनुपर्ने माग गरिरहेका छन्। झण्डै दुई वर्षदेखि सार्वजनिक यातायातको भाडा पुनरावलोकन भएको छैन। बुधबर सरकारले इन्धनको मूल्य बढाएसँगै व्यवसायीको दबाब झनै बढेको छ।
अहिले चार किलोमिटरसम्म यात्रा गर्नेले १३ रुपैयाँ, पाँच किलोटिरको १५ रुपैयाँ र त्यसपछि एक–एक रुपयाँले थपिने गरेको छ। तर, अहिलेसम्म सार्वजनिक भाडा अनुसार यात्रुले कम्तीमा १५ रुपैयाँ तिरिरहेका छन्।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १ तथा मट्टितेल र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको छ। यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँका दरले मूल्य बृद्धि भएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्री हुनेछ, भने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ।

दसैंका लागि टिकटको अग्रिम बुकिङ खोल्न आलटाल
हरेक वर्ष यातायात व्यवसायीले दसैंको एक महिनाबाट सार्वजनिक यातायातको टिकटका लागि अग्रिम बुकिङ खुला गर्छन्। तर, यस वर्ष सरकारले यातायात समिति खारेज गरेर कम्पनी कायम गरिदिएपछि टिकटको अग्रिम बुकिङ खोल्न नमानेका हुन्।

सरकारले आफ्नो बैंक खाता फुकुवा नगरेसम्म टिकटको अग्रिम बुकिङ खुला नगर्ने उनीहरुको अडान छ।

केही समय अघि सिन्डिकेटको अन्त्यः गर्ने अभियान अन्तर्गत सरकारले केही व्यवसायीको बैंक खाता रोक्का गरेको थियो। सरकारले झण्डै २ सय ४५ भन्दा बढी बैंक खाता रोक्का गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार