Friday, September 20, 2024

बिमस्टेकले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं– सात देश सदस्य राष्ट्र रहेको बिमस्टेकको चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा आयोजना भएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सम्मेलनका लागि ६ देशका राज्य र सरकार प्रमुख यहाँ आउँदा काठमाडौं झकिझकाउ पारिएको छ। तर, अति विशिष्ट र विशिष्ट पाहुनाको सवारीले यतिबेला राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ ।

बिहीबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र बंलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आए। उनीहरू त्रिभुवन विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल होटल सोल्टीसम्म जाँदा मुख्य रुटमा सवारी आवतजावत नै बन्द रह्यो ।

विशिष्ट पाहुनाको आगमन र सवारीको क्रममा सवारी रोकिँदा समेत यात्रुहरु तानाबमा देखिन्थे । यसको मार सिधै सर्वसाधारणले भोगेका छन् ।
काठमाडौंमा बुधबारदेखि तीन दिनसम्मका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएपछि यात्रु हिँडेरै टाढाटाढाको अन्तव्यसम्म पुग्न बाध्य छन् । तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार