Friday, September 20, 2024

यसरी मनाइयो गाईजात्रा (फोटो फिचर)

यस वर्षको गाईजात्रा पर्व सोमबारबाट शुरु भएको छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा ललितपुरको पाटन, भक्तपुर लगायतको क्षेत्रमा सोमबारदेखि शुरु भएको हो ।

नेवार समुदायका परिवारले मृतक व्यक्तिको सम्झनामा निकालेका गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाई टोलटोल घुमाउने गर्छन् ।

टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्याह्नपछि जात्रा आकर्षक हुने भएकाले हेर्नेको भीड लाग्ने गर्दछ ।

पाटनको गाईजात्रा तस्वीरमा हेर्नुहोस्

 

ताजा समाचार

सम्बन्धित समाचार