Friday, September 20, 2024

सडकबाट पूरै कार हटाइदिए कस्तो होला ?

काठमाडौं– धुमपान, उच्च रक्तचाप र डाइबेटिजपछि संसारभरी नै मृत्युको मुख्य कारण वायु प्रदूषण हो। विश्वमा बर्षेनि वायु प्रदूषणका कारण झण्डै ६० लाख मानिसको मृत्यु हुनेको गरेको तथ्यांक छ।

तीमध्ये अधिकांश मृत्यु गरीब देशहरूमा हुने गरेका छन्। तीव्र शहरीकरणसँगै संसारभरी नै वायुको गुणस्तर खस्किरहेको छ। यतिबेला विश्वको झण्डै आधा जनसंख्या शहरमा बसोबास गर्ने गर्दछन्।

सन् २०५० सम्म यसरी शहरमा बस्नेकाे संख्या दुई तिहाई पुग्ने अनुमान गरिएको छ। जब बढीभन्दा बढी मानिस गाउँबाट शहरतिर सर्ने गर्दछन, सडकमा कारको संख्या बढ्ने गर्छ अनि सवारीको चाप सडकमा, कार्यक्षेत्रमा र वरीपरी बढ्ने गर्दछ।

शहरका बासिन्दा यस अगाडि नै धुँवा र धुलोबाट प्रभावित भइरहेका छन्। हामी यस्तो चरणमा पुगिसकेका छौं कि बाहिर मर्निङ वाकमा गएर अस्वस्थ हावाका कारण विरामी हुनुभन्दा घरभित्र बस्नु नै उपर्युक्त हो। किन मुलुकहरू, राजनीतिज्ञ, विज्ञ र अन्य संस्थाहरू वायु प्रदूषण कम गर्न चाहान्छन्। मुख्य कारण हो–आम मानिसको स्वास्थ्यमा सुधार गर्नु।

तर, के हामी यसलाई कम गर्न कुनै बोल्ड निर्णय गर्न सक्छौ ? अनि हाम्रो शहर अहिले जसरी चलिरहेको छ, त्यसमा पुनर्विचार गर्न सक्छौ ? यतिबेला हामी हरितगृह ग्यास उत्सर्जन कम गर्न हामीले स्वच्छ ऊर्जा उत्पादनमा केही समय र पैसा खर्च गरिरहेका छौं।

पुराना कारको करमा वृद्धि गरिरहेका छौं अनि विद्युतीय कारको संख्या बढिरहेको छ। निश्चय नै यी कदमहरूले वायु प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। तर, हामीले यो समस्याको समाधानको लागि समग्र एप्रोच लिइरहेका छैनाैं र एउटा ठूलो अवसर गुमाइरहेका छाैं।

उदाहरणका लागि हामीले हाम्रो सडकको उद्देश्यको बारेमा पुनर्विचार गर्यांै भने के होला? के सडक कारलाई एक ठाउँबाट अर्काे ठाउँमा जानका लागि मात्र बनाइएका हुन् ? के सडकलाई हामी हिँड्न, साइकल चलाउन तथा सडकका पेटी छिमेकीहरू भेट्ने स्थानको रूपमा लिन सक्दैनौं ?

त्यसैले हामीले सडकबाट कारलाई नै किन नहटाइदिने? यसो गर्न सकेमा प्रदूषणको कमी मात्र हुने होइन, हाम्रा लागि अनगिन्ति फाइदा रहेका छन्। यतिबेला लण्डनमा अनुसन्धानकर्ताले प्रविधिको विकासमा ध्यान दिँदा प्रदूषण कम गर्न सकिन्छ कि सडकबाट कार हटाएर पैदल हिँड्ने र साइकल चढ्ने व्यवस्था गर्दा बढी फाइदा हुन्छ भनेर अध्ययन गरिरहेका छन्। मान्छेले कार छोडेर पैदल हिँड्न थालेमा अथवा साइकल चढेमा वातावरणसँगै मानवस्वास्थ्यका लागि निकै फाइदा हुने देखाएको छ।

विडम्वना के छ भने अहिलेको अवस्थाले मान्छेलाई शारीरिक अभ्यास गर्ने ठाउँ दिएको छैन। र, उनीहरूले घर बाहिरको वातावरणसँग मनोरञ्जन गर्न पाएका छैनन्। बेइजिङ, नयाँदिल्ली लगायतका शहरमा त एक घण्टा हिँडेमा त्यसले शरीरलाई फाइदा होइन हानी गरिरहेको हुन्छ। पछिल्लो समयमा केही शहरहरूले कारबाट मुक्त पाउने उपायको खोजी गरिरहेका छन्।

(वल्र्ड इकोनोमिक फोरममा प्रकाशित लेखकको सारांशको भावानुवाद)

ताजा समाचार

सम्बन्धित समाचार