Friday, September 20, 2024

२२ लाख ३७ हजार हेक्टरमा सामुदायिक वन, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडाैं–नेपालमा सामुदायिक वनको अवधारणा सुरु भएको ४ दशक पुगिसक्दा सामुदायिक वन उपभोक्ता समूहको संख्या  २२ हजार २ सय ६६ पुगेको छ।

मुलुकमा ६२ लाख ३० हजार पाँच सय ३७ हेक्टर क्षेत्रफल वनजंगलले ओगटेकोमा २२ लाख ३७ हजार ६ सय ७० हेक्टर सामुदायिक वन उपभोक्ता समूहमार्फत् संरक्षण भइरहेको छ। ७७ वटै जिल्लामा रहेका सामुदायिन वनबाट २९ लाख ७ हजार ८ सय ७१ उपभोक्ता लाभान्वित भएको वन तथा भूसंरक्षण विभागको तथ्यांक छ।

मुलुकमा ७ प्रदेश रहेकोमा सबैभन्दा बढी सामुदायिक वन प्रदेश ५ मा छन्, भने सबैभन्दा कम प्रदेश नम्बर २ मा छन्। १२ जिल्ला रहेको प्रदेश ५ मा ३ हजार ९ सय ५३ वटा सामुदायिक वन उपभोक्ता समूह छन्, भने ८ जिल्ला रहेको प्रदेश २ मा ५ सय १२ छन्।

यसैगरी, १४ जिल्ला रहेको प्रदेश १ मा ३ हजार ६ सय ७५, १३ वटा जिल्ला रहेको प्रदेश ३ मा ४ हजार ४ सय ६४, ११ जिल्ला रहेको गण्डकी प्रदेशमा ३ हजार ८ सय ६१, १० जिल्ला रहेको कर्णाली प्रदेशमा २ हजार ६ सय ७७ र ९जिल्ला रहेको प्रदेश ७ मा ३ हजार १ सय २४ सामुदायिक वन छन्।

वन तथा भु–संरक्षण विभागका उपसचिव प्रकाश लम्सालका अनुसार छुट्टिएका नवलपरासी र रुकुम जिल्लाको सामुदायिक वनलाई एक मुस्टमा राखिएको छ। तर, टुक्रिएका नवलपुर र परासी तथा पूर्वी र पश्चिमी रुकुमका जिल्लाका डिभिजन कार्यालयबाट संख्या मिलान गरेर राखिएको छ।

मुलुकमा ७७ जिल्ला रहेको मुस्ताङमा सामुदायिक वन छैन। तर, त्यहाँ अन्नपूर्ण संरक्षण क्षेत्रमार्फत वनजंगलको संरक्षण भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार