Monday, September 30, 2024

भुटानमा हात्तीको संख्यामा वृद्धि

काठमाडौं–पछिल्लो वर्षमा हात्तीको संरक्षणमा जोड दिएको भुटानमा हात्तीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

भुटानले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांक अनुसार हात्तीको संख्या ६ सय ७८ पुगेको छ । सन् २०११ को गणनामा ५ सय १३ हात्ती रहेकोमा अहिले त्यो बढेर ६सय ७८ पुगेको भुटानका सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भुटानमा विशेषगरी दक्षिण क्षेत्रमा हात्तीहरुको जनसंख्या धेरै रहेको छ।

हात्तीको संख्यासँगै मान्छे र हात्ती बीचको द्वन्द्व पनि बढेको छ। हात्ती र मान्छेको द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा भुटान सरकारले दीर्घकालीन योजना समेत बनाइएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विश्व वन्यजन्तु कोष भुटान कार्यालयले मान्छे र हात्तीबीचको द्वन्द्व कम गर्न सेफ नाम प्रणाली कार्यान्वयन गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार