Monday, September 30, 2024

विश्वमा वनले ढाकेको क्षेत्र बढ्याे : अध्ययन

काठमाडौं–तीव्र वन फडानीका कारण संसारभरी नै वन विनास भइरहेको छ भन्ने आम मानिसको बुझाइ छ। तर, यो आम बुझाइको ठीक विपरीत एक अध्ययनले आजको ३५ वर्ष अगाडिभन्दा अहिले वनले ढाकेको क्षेत्र बढेको देखाएको छ।

नेचर जर्नलमा प्रकाशित एक लेख अनुसार केही स्थानमा वन विनास भएको स्पष्ट देखिएपनि केही नयाँ ठाउँमा वनको क्षेत्रफल बढिरहेको छ ।

अनुसन्धानकर्ताले सन् १९८२ देखि सन् २०१६ मा भुउपग्रहबाट गरेको अध्ययनबाट सो पत्ता लगाएका हुन्। सो अध्ययनका अनुसार वन विनास र वृक्षरोपण दुवैको कारक मानिस नै हुन्।

अध्ययनका अनुसार विश्व तापमानका आएको परिवर्तनले हिमाली भेगमा रुख हुर्काउन सजिलो भएको छ। अध्ययनअनुसार ३५ बर्षको अवधीमा २ दशमलव २४ मिलियन किलोमिटर वनले ढाकेको जंगल बढेको छ।

अध्ययनका अनुसार आजभन्दा ३५ वर्ष पहिले विश्वका विभिन्न भागमा देखिने गरेको बाँझो जंगल अहिले रुखले ढाकिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार