Monday, September 30, 2024

सोलारबाट ८ सय ५० मेगावाट विजुली उत्पादन गर्ने महत्वकांक्षी योजना

काठमाडौं– सरकारले आगामी सात वर्षभित्र सौर्यऊर्जा (सोलार) बाट ८ सय ५० मेगावाट विजुली उत्पादन गर्ने महत्वकांक्षी योजना अघि सारेको छ।

सोही योजनाको पहिलो चरण अन्तर्गत १ सय ७० मेगावाटको सोलार प्लान्ट स्थापनाको लागि लगानी बोर्ड २ सय मिलियन अमेरिकी डलर वैदेशिक लगानी स्वीकृत गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हो। आगामी तीन वर्षभित्र पहिलो चरणको काम सक्ने सरकारको योजना रहेको छ।

डोल्पा इम्प्याक्ट फण्ड अन्तर्गतको युरोपियन ग्र्रुपले सो लगानी गर्न थालेको हो। केही हप्ता अगाडि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नुवाकोटमा निर्माण हुन लागेको २५ मेगावाट सोलार प्लान्टको शिलान्यास गरेका थिए।

लगानी वोर्डका अनुसार सरकारले विभिन्न स्थानमा यस्ता सोलार प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ। सो ग्रुपले सोलार प्लान्ट स्थापनाको लागि बिभिन्न १० स्थानको पहिचान गरेको छ । लगानी बोर्डले यसका लागि आवश्यक पर्ने बैदेशिक लगानी ल्याउन गृहकार्य गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार