Monday, September 30, 2024

न्यूजील्याण्डमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध

काठमाडौंं–न्यूजील्याण्डले किनमेलका लागि प्रयोग गरिने एकल प्लास्टिकको प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ।

न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा एरड्रनले सो प्लास्टिकको प्रयोगमा प्रदूषण बढाएको र अर्काे वर्षदेखि यसलाई पूर्ण रुपमा निर्मुल गर्ने बताएकी छन्। न्यूजील्यायडले हरेक वर्ष लाखाैं यस्ता प्लास्टिकको प्रयोग गर्ने गर्दछ।  ‘हामीले फोहोरको राम्रोसँग व्यवस्थापन गर्न आवश्यक छ र यो एउटा राम्रो शुरुवात हो,’ उनले भनिन्।

‘व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने प्लास्टिक झोलालाई पूर्ण रुपमा हटाउन गइरहेका छौं, यसले वातावरण स्वच्छ राख्नुका साथै हाम्रो शहरलाई हरियाली बनाउन समेत सहयोग गर्नेछ,’ उनले भनिन्।

प्लास्टिकमा प्रतिबन्ध लगाउने न्यूजील्याण्ड पछिल्लो मुलुक बनेको छ। उनले पछिल्लो समयमा न्यूजील्याण्डले विभिन्न समस्या भोगेको भन्दै त्यसको समाधानका लागि गम्भीर कदम चाल्नुपर्ने बताएकी छन्।

ताजा समाचार

सम्बन्धित समाचार