Sunday, September 29, 2024

नेपाल-बंगलादेश ऊर्जा सहकार्य : समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं–नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिद समझदारीपत्रमा हस्ताक्षर गर्दै। तस्बिर : मन्त्री पुनकाे निजी सचिवलाय।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिजस्रोत राज्यमन्त्री नसरुल हमिदबीच शुक्रबार मन्त्रायलयमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

ऊर्जा मन्त्रालयका प्रवक्ता दीनेशकुमार घिमिरेका अनुसार समझदारी अनुसार विद्युत उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरण ऊर्जा तथा जलविद्युतको विकासका लागि सहकार्य गरिनेछ।

यसैगरी, विद्युत क्षेत्रमा लगानी गर्न दुबै देशका उद्यमीहरलाई प्रोत्साहन गर्ने तथा दक्षिण एसियामा रहेको जलविद्युत विकासको अथाह सम्भावना तथा सो सम्भानालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्य गरिने जनाइएको छ।

प्रवक्ता घिमिरेका अनुसार सहकार्यलाई प्रवद्र्धन तथा समन्वय गर्न नेपालको ऊर्जा र बंगलादेशको विद्यतु, ऊर्जा मन्त्रालयका सहसचिवको सहअध्यक्षतामा एक संयुक्त कार्यदल गठन गरिने छ।

साथै, संयुुक्त कार्यदलको प्रगतिलाई समीक्षा गर्न नेपाल र बंगलादेशका विद्युत सचिवको सहअध्यक्षतामा संयुक्त निर्देशक समिति गठन गरिनेछ। ती संयन्त्रको बैठक वर्षको एक पटक आलोपालो गरी काठमाडौं र ढाकामा बस्ने समझदारी समेत भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार