Sunday, September 29, 2024

कस्तुरीको बिनासहित चार जना पक्राउ

काठमाडौं– संरक्षित वन्यजन्तु कस्तुरीको बिना अवैध रूपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिवन बस्नेत रहेको प्रहरीले बताएको छ ।

अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले बुधबार ३ थान बिनासहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे  छ ।

ताजा समाचार

सम्बन्धित समाचार