Friday, September 20, 2024

चक्रपथमा पल्टियो टिपर (फोटो फिचर)

काठमाडौं– ललितपुरको नक्खु दोबाटोमा टिपर दुर्घटना भएको छ । सातोबाटोबाट बल्खुतर्फ गैरहेको ना ४ ख ४५४४ नम्बरको टिपर आइतबार राति दुर्घटना भएको हो।

ललितपुर प्रहरीका प्रवक्ता नरेन्द्र चन्दका अनुसार चालकले एक्कासी ब्रेक लगाउन खोज्दा टिपर अनियन्त्रित भएर दुर्घटना भएको हो। ‘ब्रेक लागाउन टिपर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। यद्यपी, क्षति हुनबाट जोगिएको छ,’ उनले भने।

पछिल्लो समय काठमाडौं उपत्यकामा टिपरका कारण दुर्घटना बढेको भन्दै स्थानीय प्रशासनले दिउँसो र बिहानको समयमा रोक लगाए पनि रातिको समयमा जोखिम कायमै रहेको छ ।
 

ताजा समाचार

सम्बन्धित समाचार