Sunday, September 29, 2024

के तपार्इँलार्इ लाटोकोसेरोबारे जानकारी छ ? थाहा पाउनुहाेस् २२ बुँदामा

काठमाडौं–अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस शनिबार मनाइएको छ। हरेक वर्षको अगष्ट ४ तारिखमा सो दिवस मनाउने गरिन्छ । लाटोकोसेरोको संरक्षणमा ध्यान दिन प्रेरणा दिने उदेश्यले सो दिवस मनाउने गरिएको लाटोकोसेरो संरक्षणमा लागेका प्रकृतिका साथीहरु नामका संस्थाका राजु आचार्यले जानकारी दिए।

विश्वमा २ सय २५ प्रजाती पाइनेमा नेपालमा २३ प्रजातीका लाटोकोसेरो पाइन्छन् । यससम्बन्धि त्यत्ति अध्ययन अनुसन्धान नभएकाले यत्तिकै बढेको या घटेको भन्न नसकीने आचार्यले बताए ।

 विभिन्न मानवी क्रियाकलाप वन बिनास, विसाधीको प्रयोग , चोरी सिकार र व्यापारले गर्दा लाटोकोसेराको संख्या घटेको अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा १० प्रजातीका लाटोसेरा पाइन्छन् ।लाटोकोसेराले मुसा , छुचुन्दा , बिरालोका बच्चा , लगायतका जनावर खाने गर्छ । प्रकृतिका साथीहरु संस्थाका प्रमुख आचार्यले सचेतना दिवस भएपनि शनिबार कुनै कार्यक्रम नराखीएको बताए । सरकारी तवरबाट पनि कुनै कार्यक्रम गरिएको छैन ।

२२ वटा बुँदामा लाटोकोसेरोबारे थप जानौ ।

– विश्वमा २ सय २५ प्रजाती पाइनेमा नेपालमा २३ प्रजातीका लाटोकोसेरो पाइन्छन् । तर करिब २ सय वर्षदेखि एउटा प्रजाती नेपालमा भेटिएको छैन तर भारतमा भने देखिएको छ ।

–धान, मकै, गहुँलगायत अन्नबाली खाइदिन्ने मुसालाई लाटोकोसेरोले खाइदिने हुँदा लाटोकोसेरोलाई किसानको साथी मानिन्छ ।

–लाटोकोसेरोले मुसाबाहेक सर्प, भ्यागुता, कीराफट्याङ्ग्रासमेत खान्छ । तसर्थ लाटोकोसेरो धेरै पाइने ठाउँको खेतिपाती राम्रो हुने किसानहरु बताउँछन् ।

–नेपालमा लाटोकोसेरोको बारेमा औपचारिक कुनै अध्ययन अनुसन्धान भएको छैन । यस्तै संरक्षणका लागि सरकारीस्तरबाट त्यत्ति काम पनि भएको छैन ।

–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको पाँचौँ संसोधनमा लाटोकोसेराका केही प्रजातीलाई सूचीकृत गरिएको छ ।

– नेपालमा लाटोकोसेरो लगायतका चरामात्रै हेर्न आठ प्रतिशत पर्यटक नेपाल आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

– लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । गुरुङ संस्कृतिमा लाटोकोसेरोको त्यत्तिकै महत्व छ ।

–नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने विभिन्न अध्ययनले देखाएको छ ।

–भारतमा ठुल्ठूला तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्ने गर्छन् । केही वर्ष अघिसम्म कास्कीको पोखरामा पनि कालु नामक तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्थे ।

–लाटोकोसेरो र हुचिल फरकरफरक भनिए पनि एउटै हुन् ।

–लाटोकोसेरो तराईरमधेसदेखि ५,१०० मिटर उचाइसम्म भेटिन्छन् ।

–लाटोकोसेरो प्रजातिकै हप्सिलो चार हजार मिटर उचाइमा मात्रै पाइन्छ । हप्सिलो हुम्ला र मुस्ताङमा भेटिएका छन् ।

– नेपालमा पाइने २२ प्रजातिकै लाटोकोसेरो दुर्लभ मानिदैन ।

–भारतमा ३०, भुटानमा १९, पाकिस्तानमा १९, माल्दिभ्समा १ ,बङ्गलादेशमा १५, श्रीलंकामा ८ प्रजातिका लाटोकोसेराहरू पाइन्छन्।

–यिनको सुन्ने र राति आँखा देख्ने क्षमता मानिसभन्दा कयौँ गुना बढी हुने गर्छ।

–टाउकोलाई एकतर्फीमात्र करिब २७० डिग्रीसम्म घुमाउन सक्छन्।

–खाएको खानामा नपचेका कुराहरु मुखबाट डल्लो बनाएर फाल्ने र पचेका कुराहरु दिसाबाट फ्याँक्छन्।

–उड्दा खेरी आवाज नआउने भएकोले यिनलाई रातको समयमा शिकार गर्न सहज हुने गर्छ। यिनले मुसा, सर्प, भ्यागुता, चमेरा, किरा, माछा खाने गर्दछन्।

–पछिल्लो समयमा यिनको चोरी शिकारीको कारणले यिनको संख्या दिनप्रतिदिन घट्दो छ। विशेषगरी भारत र चीनमा यिनको अवैध व्यापार हुने गरेको छ। भारतमा तान्त्रिक प्रयोजनका लागि र चीनमा औषधिको लागि अवैध निकासी हुने गर्छ। नेपालबाट वार्षिक कम्तिमा २००० वटा लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार हुने भेटिएको छ।

–काठमाडौं, ललितपुर भक्तपुर, कास्की, बागलुङ, गोरखामा गोथे लाटोकोसेरो पाइन्छन् ।

–काठमाडौं उपत्यकालगायत पोखरातिर झ्याल तथा घरको प्वालतिर बस्ने गोथे लाटोकोसेरोले सबैभन्दा बढी मुसा खान्छ । गोथे बस्तीमा मात्रै पाइन्छ । गोथे भँगेराजस्तै हो । उसले घरको प्वालतिर गुँड बनाउँछ ।

ताजा समाचार

सम्बन्धित समाचार