Friday, September 20, 2024

आहा ! हरियाली धानखेत (फोटो फिचर)

साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वनजंगल, भीरपाखा, खेतबारी सबैतिर हरियाली छाएको हुन्छ साउनमा ।

असारमा रोपिएको धानले अहिले खेतलार्इ झनै मनमोहक बनाइदिएको छ । खेतका गह्रा हरियाली देखिन्छन्, नुवाकोट ककनी गाउँपालिका क्षेत्रमा ।


धान रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्मलाई मानिन्छ । नेपाललाई आगामी २ वर्षभित्र धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । जसअनुसार सरकारले यो वर्ष ५५ देखि ५६ लाख र अर्को वर्ष ५८ लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । तस्वीर : अमिष रेग्मी


ताजा समाचार

सम्बन्धित समाचार