सिसडाेल जाने सडककाे दूरावस्था, फोहोर बोकेका गाडी बाटाेमै अलपत्र (भिडियो/फाेटाे रिपोर्ट)

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकाेटकाे सिसडोल यतिबेला अस्तव्यस्त छ।
अविरल वर्षासँगै सिसडोल जाने बाटो बेलाबेला अवरुद्ध हुन थालेपछि काठमाडौँबाट फोहोर लिएर हिँडेका गाडी बीच बाटोमै अलपत्र पर्ने गरेका छन्।

‘ल्याण्डफिल साइट’ बाट एक किलोमिटर वरसम्म फोहोरका गाडीको लाम लागेका छन्। पानी परेसँगै बाटोमा गाडी फस्ने हुनाले फोहोर विसर्जन गरिँदै आएको ल्याण्डफिल साइटसम्म पुग्न धौ–धौ पर्छ । हाकाहाकी टीम सिसडाेल पुग्दा तीन दिनदेखि फोहोर बोकेका गाडी बीच बाटोमै अलपत्र परेका देखिए।

अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी

बर्खायाममा काठमाडौँ उपत्यकाको फोहोर सिसडोलमा विसर्जन गरेर फेरि काठमाडौँ फर्कन तीन दिनसम्म लाग्ने गरेकाे चालकहरू बताउँछन्। यसैकारण काठमाडौँ उपत्यका यतिबेला फोहोरको शहर झै छ।

फोहोर बाेकेका गाडी बीच बाटोमा राेक्नु पर्दा  आफूहरूलाई निकै सास्ती हुने गरेकाे सवारी चालक नवराज बस्नेत बताउँछन्। ‘बीचैमा गाडी रोकिँदा खाना खान पनि समस्या हुन्छ, साहुले टिपको हिसाबले पैसा दिन्छन, यही नै बस्नु परेपछि पैसा पनि हुँदैन,’ उनले दुखेसाे पोखे ।

अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी

असार लागेसँगै आफ्नो बास गाडीमै भएको उनको भनाइ छ। ‘बीच बाटोमा गाडी राख्दा अरुको घर अगाडि पनि पर्छ, स्थानीयले आफ्नो घर अगाडि फोहोर राखेको भन्दै गाली गर्छन्, हामीलाई जता गए पनि सुख छैन,’ उनले भने, ‘गाडी हटाउनु पयो भन्छन तर हटायो भने फेरि पछि पालो आउँदैन्, के गर्ने धेरै नै गाह्रो छ।’

यसरी आफ्नो घर अगाडि फोहोरको गाडी राखिदिँदा स्थानीय आक्रोशित भइ गाडी नै फुटाइदिने गरेको र आफूपनि असुरक्षित भएको उनको गुनासो छ।

अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी

काठमाडाैं महानगरपालिकासहित सराेकारवाला निकायले समयमै बाटो नबनाइदिँदा यस्तो समस्या भएको उनी बताउँछन्। ‘काठमाडौँ महानगरपालिकाले त्यहाँ बसेर मुखले मात्र काम गर्छ यहाँको स्थिति यस्तो छ । गाडी नउक्लेर डोजरले धकेलेर माथि उकाल्नु पर्छ । अनि कताबाट हुन्छ चाँडै?,’ उनले भने ।

एक त ल्याण्डफिल साइटको फोहोरको गन्ध त्यसमाथि घर अगाडि गाडी रोकिदिँदा आफूलाई खाना खानसमेत अप्ठ्यारो परेको स्थानीय सुकुमाया बताउँछिन्। ‘बाटो बिग्रियो भनेर गाडी घर अगाडि रहेको छ त्यसको गन्धले बस्नै गाह्रो भइसक्यो,’ उनले भनिन् ।

अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी

बीच बाटोमै सबै गाडी रोकिएपछि एक त काठमाडौँ उपत्यकाका सबै फोहोर पनि उठ्न गाह्रो अर्को सडक छेउछाउका स्थानीयलाई समेत बसोबास गर्न गाह्रो भइरहेको छ ।

महानगरपालिकाले समयमै चासो नदेखाउँदा काठमाडौँबासी त छँदैछन् सिसडोलबासी पनि फोहोरको दुर्गन्धमा बाँच्नु परिरहेको छ ।

अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी
अविरल वर्षासँगै सिसडोल ल्याण्डफिल साइट जाने बाटो अवरुद्ध भएपछि लामबद्ध काठमाडौंको फोहोर बोकेका गाडी । तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार