Saturday, September 28, 2024

छापामा आज : संकटको खतरामा रहेको ‘घाउँके हावासिल चरा ’, गौशाला निर्माणमा सामुदायिक वनको जग्गा

काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले जनावर–जनावरबीचको प्रेम कथा , नदी अध्ययनमा चीनको चासो प्राकृतिक प्रकोप,फोहोरको व्यवस्थापन लगायतका वन तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर 
‘यताका ढोई , उताका मत्ता ’ शीर्षकमा हात्तीको माया प्रेमसँग जोडिएको खबर कान्तिपुरको कोसेली अंकमा प्रकाशित छ । वेदराज पौडेललले लेखेको सामग्रीमा कोशीटप्पु वन्यजन्तू आरक्षमाद रहेको पोथी ढोई हात्ती शोभाकली र बंगालबाट आएको भाले मत्ता हात्ती माकुनावीचको प्रेम कथालाई उतारिएको छ । उनीहरुवीचको प्रेमबाट शोभाकली गर्भवती भएकी छे । १२ वर्ष अघि अरु हात्तीसँग बंगालबाट आएको माकुना हात्ती सोभाकलीसँगको प्रेमपछि उता कहिल्यै गएको छैन । १२ वर्ष अघि नै उनीहरुवीच संसर्ग भएर लक्ष्मीकली जन्मेकी हो । अहिले आरक्षमा रहेका ५ ढोइमध्ये शोभाकली , लक्ष्मीकली , दमदमीकली , सरस्वतीकली गर्भवती भएका छन् । रुपन्देहीको गैडहवा ताल र आसपास विश्वमै संकटमा पर्न लागेको मनमोहक ‘घाउँके हावासिल चरा ’ देखिएको खबर मनौज पौडेलले लेखेका छन् ।
‘नदी अध्ययनमा चिनियाँ ’ शीर्षकमा कान्तिपुरमा समाचार छ । दमकबाट अर्जुन राजवंशीले लेखेको समाचारमा चीनले नेपालका नदी÷खोलाहरुको तटबन्ध निर्माण कार्य अघि बढाएको उल्लेख छ । अरु क्षेत्रको सहयोगसँगै उसले नदी अध्ययनमा पनि जोड दिएको हो । यसैक्रममा झापाका ९ वटा नदी खोलामा स्थायी तटबन्धबारे प्रारंभिक अध्ययन पूरा गरेको छ । चीनबाट आएका ७ सदस्यीय टोलीले मावा , रतुवा , किस्ने , कमल , सतासी , कनकाई , विरिङ , हडिया र निन्दा नदीको स्थलगत अध्ययन गरी बिहीबार काठमाडौं पुगेको छ ।

नागरिक
‘सिक्टाले बस्ती जोखिममा’ शीर्षकमा नागरिकमा बाँकेबाट अर्जुन ओलीले समाचार लेखेका छन् । बाँकेमा रहेको राष्ट्रिय गौरवको सिक्टा आयोजनाको मूल नहरमा डुबान र नहरका संरचना बिग्रने खतरा देखिएको छ । डुबानले गर्दा वरपरका बस्ती नै खतरामा परेको समाचारमा उल्लेख छ । काठमाडौं उपत्यकाका अधिकांश सडक बर्खाको पानी जम्मा भएर पोखरीमा परिणत हुँदा आवगनमा समस्या भएको कुरा सानेपास्थित सडकमा पानी जमेको सडकको फोटो नागरिकले प्रकाशीत गरेको छ । सो फोटो दिनेश गोलेले खिचेका हुन् । यसैगरी नागरिकको जूनकीरी पृष्ठमा विजेश्वरी महाविद्यालयकी छात्रा निरुता रैखोलाले प्लाष्टिकको प्रयोग न्युनीकरण गर्ने उपाय र प्रयोगका आएका प्लाष्टिकलाई कसरी पुनःप्रयोग गर्न सकिन्छ भन्ने तरिकाहरु लेखेकी छिन् ।

राजधानी
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–१ को याङ्सीजुङमा पहिरोले माइक्रो हाइड्रोपावर वगाएको समाचार राजधानीमा प्रकाशित छ । शुक्रबार दिउँसो ३ बजे भारी वर्षासँगै गएको पहिरोले निदुवा खोला लघु जलविद्यृत् आयोजनाको १२ किलोवाटको विजुली उत्पादन गर्ने पावरहाउस बगाएको हो । सो जलविद्युत आयोजनाबाट १ सय २३ घरधुरी लभान्वित थिए । राजधानीमै ‘हरियोमा चिटिक्क ’ शीर्षकमा एक सामग्री प्रकाशीत छ । साउनको महिनामा हुने हरियो रंगका वस्तुको पहिरङ प्रकृतिसँगको भएको कुरा उल्लेख छ ।

नेपाल समाचारपत्र
नेपाल समाचारपत्रमा ‘बाग्मती करिडोरमा चापका बिरुवा ’ शीर्षकको समाचार प्रकाशित छ । बाग्मती नदी किनारमा ५ देखि ७ फुट हाराहारीका चापका बिरुवा रोपिएको छ । शुक्रबार बाग्मती करिडोरको बुद्धनगर शंखमुल खण्डमा २ सय २५ वटा चाप रोपिएको हो । नेपालमा पाइने ६ प्रकारका चापमध्ये सुन चाप (फूल चाप) बाग्मती किनारमा रोपिएको र सोही क्षेत्रमा ५० वटा दालचिनीका विरुवा पनि वृक्षारोपण गरिएको जिल्ला वन कार्यालय काठमाडौंले जनाएको छ । स्थानीय बुद्धमार्ग टोल सुधार समितीले बिरुवाको हेरचाह गर्ने खबरमा उल्लेख छ ।
यसैगरी ‘छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण , सामुदायिक वनले दियो १२ बिगाहा जमिन ’ शीर्षकमा कञ्चनपुरबाट हरकसिंह धामीले खबर लेखेका छन् । जिल्लामा छाडा गाईवस्तुका कारण समस्या भइरहेको अवस्थामा भमदत्त नगरपालिकाले गौशाला निर्माण गरेर यसको व्यवस्थापन सुरु गरेको छ । गौशाला निर्माणका लागि सिद्धनाथ सामुदायिक वनले १२ बिगाहा जमिन उपलब्ध गराएको छ ।

अन्नपूर्ण पोष्ट
आजको अन्नपूर्ण पोष्टमा विश्व बाघ दिवसको सन्र्दभमा प्रकृति संरक्षणमा लामो समय सेवारत सहायक रथी बाबुकृष्ण कार्कीको भोगाई प्रकाशित छ । यसैगरी सगरमाथा घुम्न जाने पर्यटक बढेको र तरकारी उत्पादनले जुम्लाका कृषकको मुहार फेरिएको समाचार पनि अन्नपूर्ण पोष्टमै छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार