Saturday, September 28, 2024

छापामा आज : पाइपबाटै ग्यास, कष्टकर बन्दै राउटेको जीवन

काठमाडौं – आजका पत्रपत्रिकाले प्राकृतिक प्रकोप,जलवायु परिवर्तन,फोहोरबाट ग्यास लगायतका वन तथा वातारणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
कान्तिपुरको पहिलो पृष्ठमा ‘फोहोरबाट ग्यास’ शीर्षकमा नवीन पौडेले लेखेको समाचार छापिएको छ ।
फोहोरबाट बायोग्यास । दिनको १ सय ५० सिलिन्डर उत्पादन । गोटाको ९ सय रू पैयाँ मूल्य । हाम्रै नवलपरासीमा । हो, पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरू गरिसकेको छ ।

उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्छा–भान्छामा ग्यास र्पुयाउने लक्ष्य छ,’ उनले भने, ‘यो सस्तो मात्र होइन, वातावरणमैत्रीसमेत छ ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोहोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ । अग्रवालका अनुसार कच्चा पदार्थ जैविक मल बनाउन उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती गरेको छ । त्यो पनि वर्षमा चार पटकसम्म फल्ने जातको ।

त्यस्तै सो पृष्ठमा ‘बस्तीमै पहिरो’ शीर्षकमा बलराम घिमिरेले लेखेको समाचार छापिएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन । पहिरो बस्तीभन्दा करिब ४ किमि माथिबाट आएको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा बुधबार राति खसेको पहिरोमा पुरिएको घर । मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, २६ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगले तामाङ, सोही गाउँपालिका ४ का ३७ वर्षीय रेशम खड्का, रसुवा गोसाइँकुण्ड गाउँपालिका १ थुमनका ४५ वर्षीय मिङमार गुम्बु तामाङ, सोही गाउँपालिका २ टिमुरेका ४७ वर्षीय दोर्जे वाङ्जु घले र उनकी श्रीमती ३७ वर्षीया कार्साङ किमु घले छन ।

यसैगरी नुवाकोट शिवपुरी गाउँपालिका ८ का रमेश तामाङ र विदुर नगरपालिका ३ का शर्मिला कमिनीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ९डीएसपी० सन्तोष तामाङले जनाए ।

पृष्ठ २ मा ‘पाइपबाटै ग्यास’ शीर्षकमा माधव घिमिरेले लेखेको समाचार प्रकाशित भएको छ । पजतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।

सिलिन्डर बोक्ने झन्झट सकिनेछ । तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालिएको हो । ‘पहिलो चरणमा ३२ घरमा ग्यास वितरण गर्न पाइप जडान भइसकेको छ,’ संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘साउनभित्रै परीक्षण गरी नियमित ग्यास उपलब्ध गराउने तयारीमा छौं ।’ प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ ।

पृष्ठ ३ मा अब ‘कागजविहीन मन्त्रिपरिषद्’ शीर्षकमा समाचार छापिएको छ । प्रधानमन्त्री कार्यालले बिहीबारदेखि मन्त्रिपरिषद् बैठकलाई स्वचालित प्रणालीबाट सञ्चालन गर्न सुरू गरेको छ । मुलुकलाई विद्युतीय शासन प्रणालीमा रू पान्तरण गर्न उद्देश्यअनुसार त्यसको सुरू वात मन्त्रिपरिषद् बैठकबाट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।
त्यसैगरी पानीमा पनि भ्याट,सडकमै बिजुलीका पोल,चाबहिल–साखु सडक कहिले बन्ने ? शीर्षकका समाचार छापिएका छन् ।

नागरिक
आजको नागरिक दैनिकको पहिलो पृष्ठमा ‘कष्टकर बन्दै राउटेको जीवन’ शीर्षकमा नगेन्द्र उपाध्यायले लेखेको समाचार छापिएको छ ।

सुर्खेत–‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना (लंगुर बाँदर) पनि पाइँदैनन, मूल सुक्दै जान थाले, लामखुेट्टले पनि साह्रै दुःख दिन्छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको संकेत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । ‘हामी पहिलेका जस्ता रहेनौं, जंगल छोडेर अन्य समुदायको नजिक आएपछि झन् ठूलो समस्यामा परेका छौं’, सूर्यनारायण भन्छन्।

राउटे समुदाय जंगलमै रमाउने भएकाले आधुनिक सहरी उद्योगधन्दा र कलकारखानासँग यसको कुनै साइनो छैन । विशुद्ध प्राकृतिक जीवन बिताउने घुमन्ते यो समुदाय अहिले जलवायु परिवर्तनको मारमा परेको छ । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ ।

राउटेका स्पष्ट तीन मान्यता छन– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने । पर्यावरणीय प्रभावले आहारमा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यताको एक अवशेष राउटे समुदाय अहिले संकटमा छ । उनीहरू बाध्यताले आफ्नो प्राचीन मान्यता र परम्पराबाट पछि हटिरहेका छन् । आफूलाई जंगलको ‘राजा’ ठान्ने यो समुदायलाई जलवायु परिवर्तनसँगै बदलिएको समयले ‘रैती’ बन्ने मार्गमा डोर्याउँदैछ ।

सोही पृष्ठमा नागरिक दैनिकले पनि ‘पहिरोमा पुरिएर ९ को मृत्यु’ शीर्षकमा हिमनाथ देवकोटाले लेखेको समाचार छापिएको छ । नागरिकको पृष्ठ दुईमा ‘कागजरहित मन्त्रिपरिषद् बैठक’शीर्षकको समाचार छापेको छ ।

‘उपत्यका भूकम्पपीडित भन्छन्–न जग्गा कित्ताकाट,न राहत’शीर्षकमा हिमाल लम्सालले समाचार लेखेका छन् ।
त्यस्तै ‘सुरू हुन अझै दुई वर्ष’शीर्षकमा खिलक बुढाथोकीले लेखेको समाचार छापिएको छ । सफा, स्वच्छ र हरियाली सुन्दर वातावरणमा आवश्यक सबै अत्याधुनिक पूर्वाधार भएको व्यवस्थित सहर ।काठमाडौं र भक्तपुरका विभिन्न चार ठाउँमा १ लाख ३० हजार रोपनीमा यस्तै नयाँ सहर बनाउन सरकारले अवधारण अघि सारेको छ।

नयाँ सहर बनाउने भनिएको ती ठाउँमा २०७४ बैशाखबाटै जग्गाको कित्ताकाट र पूर्वाधार निर्माणमा रोक लगाएपनि स्थलगत रू पमा भने कुनै काम थालेको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रक्रियागत रू पमै ढिलाई गर्दा स्थलगत रूपमा अझै कम्तीमा दुई वर्ष काम शुरू नहुने देखिएको छ।

त्यसैगरी भद्रगोल काठमाडौं,अनुज्ञापत्र नवीकरण नगर्ने पानी उद्योग दुई सय भन्दा बढी शीर्षकमा सामाचार छापिएको छ ।

अन्नपूर्णपोस्ट
आजको अन्नपूर्ण पोष्टले पनि पहिरोमा ९ को मृत्यु’ शीर्षकको समाचार पहिलो पृष्ठमा छापेको छ ।
‘बिजुली पुग्दा चेपाङ गाउँमा खुसियाली’ शीर्षकमा पृष्ठ पाँचमा कृष्ढा सारू मगरले लेखेको समाचार छापिएको छ ।
धिराङ निमाविको प्रांगण बुधबार राति करिब एक बजेसम्म गुञ्जायमान थियो । झिलिमिली बिजुलीको उज्यालोमा वरिपरी गाउँसम्म सुन्ने गरी घन्किरहेको दोहोरी गीतमा गाउँ नै झुमिरहेको थियो ।

‘गोरखा दरबारमा सिमेन्टको जग’ शीर्षकमा शिव उप्रातीले लेखेको समाचार पृष्ठ १० मा छापिएको छ । त्यस्तै सोही

पृष्ठमा ‘वनको जग्गा मिचेर होटल’ शीर्षकमा समाचार छापिएको छ । डेढ अर्ब रू पैयाँ लगानीमा सराङकोटमा बनेको अन्नपूर्ण भ्यु होटल सराङकोटले सरकारी वन र पर्तीसमेत गरी ९ रोपनी जमिन मिचेको भेटिएको छ । अख्तियार दुरू पयोग अनुसन्धान आयोगले होटलले बदमासी ठहर गरेपछि कारबाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालयमा सीडीओ तारानाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले वन मिचेर बनेको होटलको भाग भत्काउने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

रातमा घर छाड्छन् १ सय ३४ परिवार,मोहना पुल जोखिममा,सडक विभागको लापरवाही पुल निर्माण अलपत्र शीर्षकमा नागरिक दैनिकमा समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार