Saturday, September 28, 2024

१० फाेटाेमा हेर्नुहाेस् ‘प्रताप’ पाटे बाघ

काठमाडौं–बाघ जंगलमा बस्ने मासंहारी जनावर हो । वनजंगलमा बस्ने र शिकार गर्ने भएकाले बाघलाई ‘जंगलको राजा’ पनि भन्ने गरिन्छ ।

तर, बाघ वनजंगलमा मात्र सीमित छैनन् । उनीहरूलाई चिडियाखानामा समेत राख्ने गरिन्छ। उद्देश्य– ‘रिल’ मा मात्र नभइ  ‘रियल’ मा बाघ अवलोकन गर्न सकुन, त्यो पनि जोखिम बिना नै । र, पर्यटन प्रवद्र्धनसँगै प्रचारप्रसारका लागि पनि बाघसहितका वन्यजन्तु, पंछी लगायताई चिडियाखानामा राख्ने गरिन्छ ।

तस्बिरमा ‘प्रताप’ नामक बाघ देख्न सक्नुहुन्छ। जसलाई ललितपुरको जालवलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । उक्त चिडियाखानामा यसअघि २ वटा बाघ रहेकोमा ‘प्रताप’ नाम गरेको बाघलाई हालै मात्र चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी हालै ल्याइएको हो ।

सदर चिडियाखानाका प्रमुख डा चिरञ्जीवि पोखरेलका अनुसार   चितवन निकुञ्ज नजिकैको प्रतापपुर गाउँबाट उद्धार गरी ल्याइएकोले सो बाघको नाम ‘प्रताप’ राखिएको हो ।  सो बाघले १२ चैत २०७४ मा आक्रमण गर्दा एक जनाको ज्यान गएको थियो, भने एक जना घाइते भएका थिए ।

प्रतापलाई चिडियाखानाको २ नम्बर सेक्सनमा राखिएको छ। जहाँ २ वटा ओडार छन् ।  तस्वीर :  अमिष रेग्मी


 


ताजा समाचार

सम्बन्धित समाचार