Saturday, September 28, 2024

सुकुम्बासी बस्ती बैकल्पिक ऊर्जाबाट बञ्चित : अध्ययन

काठमाडौं– सुकुम्बासी बस्तीका परिवार बैकल्पिक ऊर्जाबाट बञ्चित रहेको एक अध्ययनले देखाएको छ।

नेपाल, बङ्लादेश, नाइजेरिया र दक्षिणी सुडानका कतिपय क्षेत्रमा गरिएको एक अध्ययनले अस्थायी रुपमा सहरी क्षेत्रमा बसोबास गर्न सुकुम्बासी परिवार बैकल्पिक ऊर्जाबाट बञ्चित हुनुपरेको देखाएको हो। दरहम विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा.बेन क्याम्बलले नेपाल, बङ्लादेश, नाइजेरिया र साउथ सुडानमा ‘चलायमान ऊर्जा’ परियोजना अन्तर्गत हाल सुक्ष्म अध्ययन गरेको जनाएका छन्।

एक वर्षको पाइलट प्रोजेक्ट अन्तर्गत चार देशका सुकुम्बासी बस्तीमा बसोबास गर्न मानिसले गरेको ऊर्जाको प्रयोगबारे अध्ययन गरिएको उनले बताए। डा. क्याम्बलले ऊर्जाको प्रयोग आइपरेका समस्या तथा ऊर्जा र लैगिंक समानताबीचको सम्बन्धबारे पनि अध्ययन गरिएको थियो।

अध्ययनका क्रममा कतिपय विपन्न बस्तीमा अझै कोइलाको प्रयोग हुँदै आएको पाइएको मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बताए। ‘अझ बैकल्पिक ऊर्जा पुगेकै छैन। किन भने त्यो महंगो छ। उनीहरू गरिब छन्,’ क्याम्बलले भने।

अनुसन्धानकर्ता डा.समृद्धि खरेल भन्छिन्, ‘शहरी क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्न विपन्न परिवारमा ऊर्जाको प्रयोग भइरहेको छ। तर, महंगो छ। बिजुली बापत दोब्बर पैसा तिर्दै आएका छन्।’ सुकुम्बासी बस्तीका परिवारसँग जग्गाधनी पूर्जा नहुँदा विजुली खरिदका लागि दोब्बर रकम तिर्नुपर्ने बाध्यता रहेको डा.खरेल बताउँछिन्।

‘सुकुम्बासी बस्ती ‘बत्ति मुनीको अध्यारो हो। बिजुली छ तर, उनीहरूको रात अध्यारोमा वित्छ,’ डा.खरेलले भनिन्। उनका अनुसार सुकुम्बासी परिवारसँग बैल्पिक ऊर्जा खरिद गर्ने आयस्रोत छैन।  ‘उनीहरु बिजुलीको सहज पहुँचमा छैनन्, बैकल्पिक ऊर्जा किन्न पैसा पनि छैन ,’ उनले भनिन्, ‘कमाएको पैसाले बैकल्पिक ऊर्जाको साधन किन्न पुग्दैन। ग्यास र बिजुली बाल्दा पनि आर्थिक स्रोतले भ्याउदैन।’

नेपालले दीगो विकास लक्ष्यमा सन् २०३० सम्ममा सबै ऊर्जामा समेटिन भनेर हस्ताक्षर गरेको डा.खरेल बताउँछिन्।
नेपालमा काठमाडौंको बल्खु, थापाथली, संखुलगातका ६ स्थानका सुकुम्बासी बस्तीमा सो अध्ययन गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार