Friday, September 27, 2024

मेलम्चीको दसैं ‘डेटलाइन’ टर्दै

काठमाडौं– बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी आगामी दसैंमा काठमाडौंमा पुर्याउने पछिल्लो लक्ष्य रहेपनि पूरा नहुने प्रायः निश्चित बनेको छ।

त्यसका लागि सरकारले आयोजनाको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीसँगको ठेक्का अवधि तीन महिना थप गर्दै सेप्टेम्बर ३० अर्थात् असोज १४ गते सुन्दरीजलमा पानी पुर्याउने सहमति भएको थियो। तर, तीन महिना म्याद थप गरेको एक महिना वित्न लाग्दा समेत सुस्त गतिमा काम भइरहेकाले ‘दसैं डेटलाइन’ टर्ने प्रायः निश्चित बनेको कतिपय सरकारी अधिकारी नै स्वीकार गर्छन्।

मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आयोजनाको करबि २७ किलोमिटर सुरुङमार्गमध्ये ७ किलोमिटरमा मात्र प्लास्टर, कंक्रिट, ढलान लगायत गरी फिनिसिङ भएको छ। ‘कहिले १ सय १२ मिटर फिनिसिङ हुन्छ त कहिले ५० मिटर पनि पुग्दैन,’ उनले भने, ‘काममा एकरुपता भएन, कसरी निर्धारित समयमा काम हुन सक्ला र ?

असार महिनामा करिब १८ सय मिटर सुरुङ फिनिसिङ भएको छ। सुरुङमार्गमा सरफेस ढलान, फिनिसिङ जस्ता काम गरेर पानी हाल्नका लागि योग्य बनाउनुपर्ने भएपनि हेडबक्स निर्माण थालिएकै छैन।

यसअघि निर्माण कम्पनीले १ अर्ब ६५ करोड क्षतिपूर्ति र ५ सय ४० दिन म्याद थपको माग गरेपनि खानेपानी मन्त्रालयले ३ महिना मात्र म्याद थप गरेको थियो।

हाल मेलम्ची खानेपानी आयोजना विकास समितिको कार्यकारी निर्देशकमा सूर्यप्रसाद कँडेल छन्। यसअघिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले अनिवार्य अवकास पाइसकेका छन्र ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर र टनेर लाइनिङ इन्जिनियर पनि परिवर्तन भएका छन् ।

१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्याइएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ। प्रवक्ता पन्तका अनुसार अब मेलम्चीको अनुमानित लागत २७ अर्ब ७६ करोड पुगेको छ। विभिन्न ५ स्थानबाट दैनिक ५० मिटरका दरले फिनिसिङको कार्य गरे निर्धारित मितिमा काम सम्पन्न हुन असम्भव छैन,’ उनले भने।

राजधानीवासीलाई खानेपानी उपलब्ध गराउन मेलम्ची खानेपानी आयोजना २ दशकदेखि निर्माण आरम्भ गरिएको हो। सुन्दरीजल–सिन्धुखण्ड साढे ९ किलोमिटर, सिन्धु–ग्यालथुम ८ किलोमिटर र ग्यालथुम–अम्बाथान ९ किलोमिटर गरी जम्मा करीब २७ किलोमिटर सुरुङमार्ग छ।

यसले दैनिक साढे ८ करोड लिटर पानी खपत गराउने क्षमता बोकेको छ। ‘१७ करोड लिटर क्षमताको मेलम्चीमा अब सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसिएपछि ५१ करोड लिटर पानीको क्षमता हुनेछ,’ उनले भने, ‘ती दुई खोलाको क्षमता ३४ करोड लिटर क्षमता दुई खोलाको छ।’

ताजा समाचार

सम्बन्धित समाचार