Friday, September 27, 2024

महर्जन कम्प्लेक्स : सर्वाेच्चको आदेशको उल्लंघन

काठमाडौं–सर्वाेच्च अदालतले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा निर्माणाधीन महर्जन कम्प्लेक्सको निर्माण कार्य रोक्न दिएको अन्तरिम आदेशको उल्लंघन भएको पाइएको छ।

सर्वाेच्चका न्यायाधीश न्यायाधीश टंकबहादुर मोक्तानको १२ वैशाखको एकल इजलासले विजनेश एसोसिएट्स प्रालिका नाममा निर्माण भइरहेको व्यापारिक भवनको काम तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो।

तर, अदालतमा विचाराधीन रिटको टुंगो नलाग्दै कम्प्लेक्स निर्माणको काम धमाधम भइरहेको छ। कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जन ६० वटा पसल रहने सो भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँछन्। ‘अदालतले अन्तरिम आदेश खारेज गरिसक्यो, पूर्ण सुनुवाइ मात्र बाँकी छ। त्यसैले निर्माण थालिएको हो,’ महर्जनले हाकाहाकीसँग भने।

अन्तरिम अादेश।

हनुमानढोका दरबार क्षेत्रको ‘बफर जोन’ मा निर्माण भइरहेको महर्जन बिजनेस एसोसिएट्स प्रालिले मापदण्डविपरीत निजी भवन बनाइरहेको भन्दै जनहित संरक्षण मञ्च (प्रो पब्लिक) का कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, कानूनका विद्यार्थी सञ्जय अधिकारी, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलगायत १७ जनाले १० वैशाखमा सर्वाेच्चमा रिट दर्ता गरेका थिए।

वरिष्ठ अधिवक्ता शर्मा सर्वाेच्चले १२ वैशाखमा जारी गरेको अन्तरिम आदेश कायमै रहेको रिट अदालतमा विचारधीन रहेकाले निर्माण कार्य अगाडि बढाउन नमिल्ने बताउँछन्। उनी भन्छन्, ‘अदालतले अन्तरिम आदेशसँगै दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर, अन्तरिम आदेश खारेज भएको छैन। रिटको अन्तिम टुंगो लागिसकेको छैन, त्यसैले निर्माणको काम अगाडि बढाउन मिल्दैन्।’ अदालतले उक्त रिटमाथि पूर्ण सुनुवाइका लागि साउन १६ गते पेशी तोकेको छ।

रिट दायर गर्ने मध्येका एक श्रेष्ठ कम्प्लेक्स निर्माण रोक्न अदालतले अन्तरिम आदेश जारी गरेपनि धमाधम निर्माण भइरहँदा काठमाडौं महानगरपालिका चुप लागेर बसेको बताउँछन्। ‘विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा मापदण्डविपरीत निजी भवन बन्न थालेपछि हामीले शुरुदेखि नै विरोध गरेका हौं,’ उनले भने, ‘अब यो अदालतसम्म पुगेको छ।’

दुबै पक्षबीचकाे छलफल पश्चातकाे परमादेश।

प्राचीन स्मारक ऐन, २०१३ अनुसार विश्वसम्पदा सूचीमा रहेका क्षेत्रमा निजी भवन बनाउँदा बेसमेन्ट (भुइँभन्दा तल) बनाउन पाइँदैन। तर, कम्पलेक्सको बेसमेन्ट बनाएको छ। पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराई सम्पदा क्षेत्र आफैंमा संवेदनशील हुने र गर्भमा अवशेष हुन सक्ने भएकाले बेसमेन्ट बनाउन नपाइने बताउँछन्।

सो कम्प्लेक्स बनाउँदा गणेश र कुमारीको मन्दिरसमेत परेको थियो।  पौडेलका अनुसार तलाबीचको उचाइ पनि मापदण्डविपरीत रहेको छ। ‘७ फिट ७ इन्चको स्वीकृति लिइएको छ, तर १० फिटभन्दा बढी उचाइ छ,’ पौडेलले भने।

यसअघि निर्माणाधीन कम्प्लेक्स मापदण्डविपरीत निर्माण भइरहेको भन्दै पुरातत्त्व विभागले २० पुस र २६ माघ २०७४ तथा काठमाडौं महानगरपालिले १२ मंसिर २०७४ मा पत्राचार गरी ‘निर्माण कार्य रोकेर बेसमेन्ट (भुइँतला) पुर्न तथा हरेक तलाको उचाइँ घटाउन निर्देशन दिएका थिए।

तर, महर्जन महानगरपालिकाको स्वीकृतिमै कम्प्लेक्स निर्माण भइरहेको दाबी गर्छन्। कम्प्लेक्स निर्माण भइरहेको स्थानमा पहिले रहेको क्रिस्टल होटलको उचाइ ५३ दशमलव ३ फिट रहेकाले अहिले साढे तीन तलाको भवन बनाउन पाइँदैन भनेर भन्न नहुने उनको दाबी छ।

सम्बन्धित समाचार
सर्वोच्चले भन्यो– हनुमानढोका दरबार क्षेत्रमा भवन निर्माण नगर्नू

ताजा समाचार

सम्बन्धित समाचार