Friday, September 27, 2024

खुलामञ्च कि बसपार्क ? (फोटो फिचर)

काठमाडौं– काठमाडौंको खुलामञ्च देख्नुभयो भने तपाईँलाई लाग्न सक्छ–बसपार्क पुगिएछ। बस, माइक्रोको भीडभाड अनि कोलाहालपूर्ण वातावरण। गन्तव्य जान तछाडमछाड ।

तर, नझुक्किनुस्, यो बसपार्क होइन खुलामञ्च हो । तर, काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर बनाउने नाममा खुलामञ्चलाई ‘अस्थायी बसपार्क’ बनायो । हेर्दा जो कोहीलाई बसपार्कझै लाग्छ ।

खुलामञ्चमा विशेषतः सार्वजनिक कार्यक्रम हुने गर्छ, विपद्का बेला सबैभन्दा बढी उपयोग हुने पनि खुलामञ्च नै हो । तर, राजधानी काठमाडौंको खुलामञ्च ‘बसपार्क’ बनेको छ। भूकम्पले क्षतिग्रस्त बनेको दरबार हाइस्कुलका राणाकालीन सामग्री पनि खुलामञ्चमै छन् ।
ती सामग्रीको प्रयोग समेत गरेर हाइस्कुल पुनर्निर्माण गरिने भनिएकोमा टुंगो छैन। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले समेत खुलामञ्चको एक कुनालाई पार्किङ स्थल बनाएका छन् ।


दरबार हाइस्कुल

ताजा समाचार

सम्बन्धित समाचार