सात वडामा बाइस हजार बिरूवा वितरण

इलाम – स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ।

उक्त शाखाले एक/एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताए। कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको छ । कुवापानी कृषि सहकारी, जोरधारा कृषि सहकारी, दोकानडाँडा कृषि सहकारी संस्थालाई खेतबारी जोत्नका लागि अनुदानमा मिनि ट्रिलर वितरण गरिएको उनले जानकारी दिए।

यसैगरी तरकारी खेतीका लागि पाँच वटा प्लास्टिक पोखरीसमेत वितरण गरिएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार