Tuesday, October 29, 2024

सडक सुधारका लागि कामदार तैनाथ

रसुवा – वर्षा याममा जान सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।

सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो।

ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ।

नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आवदेखि छुट्टै एकाइ राखिएको छ। इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताए।

यही असार महिनभित्र ससाना सात पहिरो गए पनि तुरुन्तै सफा गरी यात्रुवाहक बस र मालवाहक ट्रक निर्बाध रुपमा सञ्चालन गराइएको बताइएको छ। दैनिक सरदर १०० भन्दा ट्रक कन्टेनर रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने गरेको संयुक्त कन्टेनर व्यवसायी संघका अध्यक्ष सन्जीव डिएमले जानकारी दिए। सवारीसाधनको चाप व्यवस्थापनका लागि बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु, टिमुरे, रसुवागढीलगायत स्थानमा ट्राफिक व्यवस्थापन मजबुत पारिएको जिल्ला ट्राफिक इञ्चार्ज नवराज खड्काले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार