Friday, September 27, 2024

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ को मृत्यु

काठमाडौं– भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर ः नविन पौडेल, रासस

चागुनारायण नगरपालिका–७ मजुवा गाँउमा घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिँदा ७० वर्षीय हीरा लामा, ६५ वर्षिया  सानु लामा र साढे २ वर्षकी सम्पदा लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले बताएका छन्।

यस्तै, भक्तपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीले सुर्यविनायक, नयाँवस्ती, दुवाकोट, राधेराधे, लिबाली, लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। हनुमन्ते खोलाको वहाव बढ्दा ठिमीका केही पसलमा समेत पानी पसेको स्थानीय दिपक ढुङ्गेलले जानकारी दिए।

सल्लाघारीमा रहेको इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको प्रहरीले जनाएको छ। यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ।

यसैगरी बुधबार रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण ललितपुर र काठमाडौैंका विभिन्न स्थान डुबानमा परेका छन्। विशेषगरी खोला आसपासका क्षेत्र बढि प्रभावित भएका छन्। ललितपुरको बाग्मती, नख्खु, गोदावरी, कोड्कु लगायतका खोलामा बाढी आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार