Tuesday, October 29, 2024

विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर – गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ ।

जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो ।

नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि जस्तोसुकै ठाउँमा पनि जानुपर्ने भएकाले पूर्व तयारीका लागि तानसेनको अप्पुभिलेजमा रहेको भिरमा अभ्यास गरिरहेको छ।

कम्मरमा रस्सी लगाएर भिरबाट ¥याम्पलिङ र रक क्लाइम्बिङ गर्ने काममा जवान निरन्तर लागेका छन्। सेनाको यस कार्यमा जिल्लाका पत्रकारको पनि सहभागिता रहेको छ। वर्षायामको शुरुआतसँगै बाढी र पहिरोले सर्वसाधारणको दैनिकी प्रभावित हुन थालिसकेको छ । विपद् घण्टी बजारसम्म नआउने भएकाले यसका लागि पूर्वसतर्कता अपनाउनु पर्ने भएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार